२२ मंसिर २०७८, बुधबार

बाघको आक्रमणबाट बच्न दिगो उपाय खोजिँदै

प्रकाशित मिति :  १३ कार्तिक २०७७, बिहीबार २०:१५


१२ कार्तिक, बाँके ।  मानव र वन्यजन्तु द्वन्द्वबाट हुने मानवीय क्षति न्यूनीकरणका लागि दिगो समाधानका उपाय खोज्न स्थानीय प्रशासन र जनप्रतिनिधि अग्रसर भएका छन् । बर्दियाको मधुवन नगरपालिका ३, भग्रैया क्षेत्रमा बाघले मान्छे मारेर हैरान गरेपछि मानव र वन्यजन्तु दुवैको संरक्षणमा चासो बढेको हो ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बुधबार भएको सर्वपक्षीय बैठकमा यस विषयमा गम्भीर छलफल भएको छ । सो नगरका प्रमुख गणेशबहादुर क्षेत्रीले नरभक्षी बाघलाई तत्काल नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्ज र डिभिजन वनलाई आग्रह गर्दै आएका छन ।

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु श्रेष्ठले बाघलाई छिट्टै नियन्त्रणमा लिने योजना रहेको जानकारी दिए । भग्रैयामा बुधबार बाघको आक्रमणमा परी २७ वर्षीय दिनेश थारू र २६ वर्षीय रमेश चौधरीको ज्यान गएको सहायक प्रहरी उपरीक्षक नरबहादुर रावतले जानकारी दिए ।

गत दुई वर्षमा यस क्षेत्रमा बाघको आक्रमणबाट १० जनाको ज्यान गएको छ । यही कार्तिक ५ गते स्थानीय गङ्गा बुढालाई दशगजा नजिकै जङ्गलमा घाँस काट्न जाँदा पाटे बाघले आक्रमण गरी मृत बनाएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा