२२ मंसिर २०७८, बुधबार

जगत नै हँसायौ मलाई रुवायौ

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार ०८:३९


अन्जु सापकोटा “अनु”
            बर्दिया

जगत नै हँसायौ मलाई रुवायौ
तिमीले त यो मन दुखाई रुवायौ !!

बन्यौ आत्मघाती भरोसा रहेन
वचनले निशाना लगाई रुवायौ !!

सबैको नजरमा नजाती भएँ म
बिना अर्थ दोषी बनाँई रुवायौ !!

पुकारे पीडाले सधैं छाती पोल्दा
यो नाता तिमीले छुटाई रुवायौ !!

चढाएर डाली ढलाएर वृक्ष
बगरमा मुढा झैँ लडाई रुवायौ !!


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा