२२ मंसिर २०७८, बुधबार

अधरमा बाध्यताको मुस्कान राखेर

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार ०८:५३


अन्जु सापकोटा “अनु”
            बर्दिया

यी अधरमा बाध्यताको मुस्कान राखेर
बाँच्नुपर्छ कसैको साथमा सन्तान राखेर !!

हिडेका छौं कर्मपथमा जीउ ज्यान नभनी
छातीभरी चोटैचोटको ठूलो मैदान राखेर !!

खोइ कस्ले बुझ्छ पिडा स्वास्थ्यकर्मीको
केही हुनेवाला छैन महोदय विधान राखेर !!

चाहिदैनन् तिम्रा आश्वासनका भकारीहरू
हिडेकै छौं अप्ठ्यारोमा स्वाभिमान राखेर !!

सेवामा तत्पर छन् गल्ने छैनन् यी हातहरू
अँध्यारो रातमापनि सुनौलो बिहान राखेर !!

के थाहा पजेरोमा गुड्नेहरुलाइ वास्तविकता
हिडेका छौ सधैं दायाँ बायाँ जवान राखेर !!


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा