१९ मंसिर २०७८, आईतवार

रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार ११:३४


१४ कार्तिक, बुटवल । रुपन्देहीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–८का ५५ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्तालमा शुक्रबार मृत्यु भएको हो ।

कार्तिक १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका उनको सघन उपचार कक्षमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा शुक्रबार बिहान ८ बजे मृत्यु भएको अस्पतालले जनाएकाे छ ।  संक्रमित पुरुष उच्च रक्तचाप, मधुमेह र फोक्सोको दीर्घरोगी रहेको गौतमले जानकारी दिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा