२३ मंसिर २०७८, बिहीबार

वालिङका संक्रमित वृद्धको उपचारको क्रममा मृत्यु

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार १४:०६


१४ कार्तिक, काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड १९ उपचार केन्द्रमा उपचाररत एकजना संक्रमित वृद्धको मृत्यु भएको छ । स्याङ्जाको वालिङ नगरपालिका–५ का ७० वर्षीय वृद्धको उपचारको क्रममा शुक्रबार बिहान ८ः३५ बजे मृत्यु भएको हो ।

कोभिड उपचार केन्द्रमा कात्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका वृद्धलाई आईसीयू कक्षमा राखेर उपचार थालिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।  मृतक वृद्ध निमोनिया लगायतका अन्य रोगबाट पनि ग्रसित थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा




किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता