२३ मंसिर २०७८, बिहीबार

कांग्रेस शीर्ष नेताहरुको बैठक सोमबार बस्दै

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार १४:२८


१४ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सोमबार शीर्ष नेताहरुको बैठक बोलाएका छन् । केन्द्रीय कार्यसमिति बैठक २१ गतेका लागि बोलाइएको भएपनि त्यसअघि नै पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी लगायतसँग छलफल गर्न बैठक बाेलाइएकाे हाे ।

यो छलफललाई १७ असोजको बैठकको निरन्तरता मानिएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले अघि सारेको मागबारे छलफल गर्न १७ असोजमा शीर्ष नेताहरुको बैठक बसेको थियो ।

१९ गते केन्द्रीय कार्यसमिति बैठक थियो । तर केही केन्द्रीय सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि शीर्ष नेताहरुको छलफल र केन्द्रीय कार्यसमिति बैठक दुवै प्रभावित भएको थियो ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा








किन घट्याे देउवाको क्रेज ?
नेपालबहस संवाददाता