मंगलबार , मंसिर १६, २०७७

प्रचण्ड फकाउने ओलीको अर्काे प्रयास, मन्त्री ज्ञवाली गए खुमलटार

प्रचण्ड फकाउने ओलीको अर्काे प्रयास, मन्त्री ज्ञवाली गए खुमलटार

१४ कार्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्र देखापरेको अविश्वास चिर्न प्रधानमन्त्री केपी ओली अली बढी नै सक्रिय भएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको सम्बादहिनताले ठूलै समस्या पैदा गर्ने अड्कल गरेको ओलीले जसरी भएपनि फकाउने रणनीति अख्तियार गरेका छन् ।

यही कात्तिक ४ गतेदेखि कायम प्रचण्डसँगको सम्बादहिनता तोड्न उनी छटपटाइरहेका छन् । पटक पटक छलफल गर्न भन्दै आफ्नो सरकारी निवास बालुवाटार आमन्त्रण गरेपनि प्रचण्डले वास्ता नगरेपछि ओलीको सक्रियता बढेको हो ।  यसका लागि उनले निकट नेताहरुलाई प्रचण्ड निवास पठाएर विभिन्न प्रस्ताव दिन थालेका छन् ।

यसैक्रममा आज ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्ड निवास खुमलटार पठाए । ज्ञवालीले प्रचण्डसँगको भेटमा अध्यक्षद्वय मिल्नुको विकल्प नभएकाले सम्बाद थाल्न आग्रह गरेका थिए । तर प्रचण्डले आफ्नो पूर्ववत अडान यथावत रहेको बताएको स्रोतको दाबी छ ।

जसमा प्रधानमन्त्री ओलीको कार्यशैलीमा सुधार गरी पार्टी निर्णय विपरित भएका सबै खारेज गर्नुपर्ने सर्त अघि सारेका छन् । साथै, अब ओलीसँग एक्लै सम्बाद नगर्ने भन्दै सबै कुरा सचिाबलय बैठकमै गर्नुपर्ने उनले बताएका थिए ।  यसअघि ओलीले अर्थमन्त्री विष्णु पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङलाई प्रचण्ड निवास पठाएका थिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय