खुशीको खबर ! इन्स्टाग्रामबाटै अबदेखि चार घण्टा लाइभ
नेपालबहस संवाददाता
कात्तिक १४, २०७७ शुक्रबार २२:४:२२
१४ कार्तिक, वासिङ्टन । फोटोहरु राख्न मिल्ने सामाजिक सञ्जाल इन्स्टाग्राममा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने भएको छ ।यसअघि एक घण्टा मात्रै लाइभ गर्न मिल्ने व्यवस्था रहँदै आएकामा अबदेखि चार घण्टासम्म लाइभ गर्न मिल्ने व्यवस्था गर्न लागिएको सो कम्पनीले घोषणा गरेको छ ।
थप गर्न लागिएको सेवा इन्स्टाग्रामका सबै प्रयोगकर्ताहरुले विश्वभर जुनसुकै ठाउँबाट पनि प्रयोग गर्न पाउने भएका छन् । नयाँ व्यवस्थाले विशेष गरेर योगा र गीत–संगीत आदिको भिडियो लाइभ गर्न चाहने, कलाकार, पकाउने कार्यमा संलग्नहरुलगायतलाई फाइदा हुने अपेक्षा गरिएको छ ।
त्यस बाहेक लामो भिडियो बनाउन मिल्ने कार्यमा लागेकाहरु वा त्यस्तो प्रसारण गर्न चाहनेहरुलाई उपयोगी हुने कम्पनीका अधिकारीहरुले विश्वास व्यक्त गरेका छन् ।
“तपाइँको भिडियो आर्काइभमा राख्न सकिन्छ, त्यो तीस दिनसम्म मात्रै रहन्छ, आर्काइभमा भएको बेलामा तपाइँले मात्रै हेर्न सक्नुहुन्छ,” इन्स्टाग्रामद्वारा जारी वक्तव्यमा उल्लेख छ ।
आर्काइभमा भएको भिडियोलाई डाउनलोड गरेर आफ्नो डिभाइसमा राख्न पनि मिल्ने व्यवस्था गरिएको छ । इन्स्टाग्रामले यो विषेशता अहिले नै लागु भइनसकेको र चाँडै नै लागु हुने पनि जानकारी दिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
बैशाख ६, २०८१ बिहिबार
अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि
बैशाख ६, २०८१ बिहिबार
दुबईमा भीषण बर्षा, जनजीवन अस्तब्यस्त
बैशाख ६, २०८१ बिहिबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार