मंगलबार , मंसिर १६, २०७७

गाली बेइज्जती गर्नेलाई साइबर अपराधको मुद्दा लगाउने तयारी

गाली बेइज्जती गर्नेलाई साइबर अपराधको मुद्दा लगाउने तयारी

१४ कार्तिक, काठमाडौं । सामाजिक सञ्जालमार्फत पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाको गालीबेइज्जती हुने सामग्री पोष्ट गरेका केदारमान भण्डारीलाई साइबर अपराधको मुद्दा लगाउने तयारी प्रहरीले गरेको छ ।

गुह्येश्वरी मन्दिरको गर्भगृहमा रहेको सुनको अष्टदल र भैरवको मूर्तिबाट दुई किलो सुन कम भएको विषयको समाचार सार्वजनिक गराएको भन्दै पशुपतिनाथका पालोवाला भण्डारीसमेत रहेका केदारमानले यही कात्तिक २ गते सामाजिक सञ्जालमा कोषाध्यक्ष डा थापाको तस्बीरमा कालो पोती काटेर गाली बेइज्जतीको शब्दसहित पोष्ट गरेका थिए ।

कोषाध्यक्ष डा थापाले कात्तिक ४ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा भण्डारीले साइबर अपराधसहित आफ्नो गाली बेइज्जती भएको भन्दै उजुरी दर्ता गरेका थिए ।

उजुरी दर्ता भएपछि परिसरले कात्तिक १२ गते भण्डारीलाई गुह्येश्वरी मन्दिर परिसरबाट पक्राउ गरेको थियो । भण्डारीलाई साइबर अपराधमा कात्तिक १६ गते अदालत पेश गर्ने तयारी भएको परिसरका प्रवक्ता सोमेन्द्रसिंह राठौरले जानकारी दिए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

भिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे  मृत्यु भिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु १४ घण्टा पहिले
नेपाली सेनामा नक्कली परीक्षा दिने पक्राउ, परीक्षा दिन लगाउने पनि प्रहरी हिराशतमा नेपाली सेनामा नक्कली परीक्षा दिने पक्राउ, परीक्षा दिन लगाउने पनि प्रहरी हिराशतमा १६ घण्टा पहिले
आज बिहानैदेखि कमला नदीमा भूतमेला भर्न श्रद्धालुको घुइँचो आज बिहानैदेखि कमला नदीमा भूतमेला भर्न श्रद्धालुको घुइँचो ११ घण्टा पहिले
फाइभजी सेवाका लागि फ्रिक्वेन्सी निर्धारण गर्ने तयारी फाइभजी सेवाका लागि फ्रिक्वेन्सी निर्धारण गर्ने तयारी १७ घण्टा पहिले
महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित महासंघको कोषाध्यक्षमा सकुन्तलाल हिराचन निर्वाचित ९ घण्टा पहिले
मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन बनाउने काम सुरु मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन बनाउने काम सुरु ११ घण्टा पहिले
अस्पताल सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण अस्पताल सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण ७ घण्टा पहिले
भारतमा एकै दिन ३८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भारतमा एकै दिन ३८ हजार भन्दा धेरैमा संक्रमण पुष्टि १२ घण्टा पहिले