मंगलबार , मंसिर १६, २०७७

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० को मृत्यु

सेनेगलको समुद्री इलाकामा डुंगा डुब्दा १४० को मृत्यु

१४ कार्तिक, डाकार सेनेगल । अफ्रिकी मुलुक सेनेगलको समुद्री इलाकामा गत सप्ताहान्तमा एउटा डुंगा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार कम्तीमा १४० जना आप्रवासीको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय आप्रवास संगठन (आइओएम) का अनुसार यस वर्षको यो सबैभन्दा ठूलो दुर्घटना हो ।

सेनेगलको माबुर भन्ने शहरबाट शनिबार करिब २०० व्यक्ति डुङ्गामा चढेका थिए । यी व्यक्ति स्पेनको केनेरी द्वीपका लागि प्रस्थान गरेको विश्वास गरिएको छ । तर सेनेगलको उत्तरपश्चिम तटीय इलाका नजिक आइपुगेलगत्तै उक्त डुंगामा आगो लागेको र डुङ्गा डुबेको थियो ।

आइओएमका अनुसार डुंगामा सबार ५९ यात्रुलाई जीवितै उद्धार गरिएको छ । राष्ट्रसंघीय आप्रवास संगठन आइओएमले पछिल्ला केही सातादेखि फ्रान्सको केनरी द्वीप पुग्ने लालशामा धेरै डुंगा सेनेगलबाट प्रस्थान गरेको जनाएको छ ।

गत महिना १४ वटा डुंगा त्यसतर्फ प्रस्थान गरेका थिए, तर झण्डै एक तिहाई डुंगामा समस्या आएको थियो । युरोप प्रवेश गर्न चाहने व्यक्तिहरुका लागि सेनेगलका तटीय इलाकाहरु निकै सक्रिय हुने गरेका छन् । तर पछिल्ला समयमा सेनेगलवासीहरु ट्युनिसिया वा लिबियाको स्थलमार्ग हुँदै युरोप प्रवेश गर्न थालेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङ : तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक  माझगाउँका ४९ वर्षीय इमानसिंह गुरुङ : तीन दशकदेखि साङ्लोले बाँधेर बन्धक  १० घण्टा पहिले
दिनेश मेमोरियल टी ट्वान्टी : सत्यम् पब्लिक कलेज ७९ रनले विजयी दिनेश मेमोरियल टी ट्वान्टी : सत्यम् पब्लिक कलेज ७९ रनले विजयी १४ घण्टा पहिले
हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस् : अध्यक्ष शेर्पा हेलम्बुबासी र मेलम्ची आयोजना प्रभावितका लागि सरकारले चासो राखोस् : अध्यक्ष शेर्पा १३ घण्टा पहिले
कैलालीमा ७६ वर्षीय संक्रमित पुरुषको मृत्यु कैलालीमा ७६ वर्षीय संक्रमित पुरुषको मृत्यु १४ घण्टा पहिले
कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ कुरिलोको भाउ किलोकै ५ हजार रुपैयाँ १८ घण्टा पहिले
अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ जना घाइते अछाममा बस दुर्घटना : एकको मृत्यु, १७ जना घाइते १४ घण्टा पहिले
नेपाली बजारमा सुनको मूल्य घट्बढ, आज तोलाकाे कति ? नेपाली बजारमा सुनको मूल्य घट्बढ, आज तोलाकाे कति ? १४ घण्टा पहिले
अब गाउँपालिकाले १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने अब गाउँपालिकाले १० लाखसम्मको योजना कार्यान्वयन टोल विकास संस्था मार्फत गर्ने १३ घण्टा पहिले