२२ मंसिर २०७८, बुधबार

भारतीय विमान सामुद्रिक विमानमा परिणत हुँदै

प्रकाशित मिति :  १४ कार्तिक २०७७, शुक्रबार २२:५३


१४ कार्तिक, काठमाडौं । भारतीय वायुसेवा स्पाइस जेट महामारीमा यात्रा वृद्धिका निम्ति सामुद्रिक विमानमा परिणत हुँदैछ। देशको ठूलो क्षेत्रीय विमान सेवाले १८ वटा समुद्री मार्गका निम्ति अनुमति पाएको छ।

त्यसमध्येको एउटा मार्ग गुजरातस्थित केवडियासम्मको छ जहाँ भारतका पहिलो गृहमन्त्री वल्लभ भाइ पटेलको सम्मानमा निर्मित विश्वकै अग्लो १८२ मिटरको सालिक छ। महामारीका बेला स्पाइस जेटले कार्गो ढुवानी र साना जहाजबाट क्षेत्रीय उडान लगायतका आम्दानीका नयाँ स्रोतमा आफूलाई केन्द्रित गरेको छ।

विमान सेवा कम्पनीहरूले कोरोना भाइरसको महामारीका बेला नाफा कायम राख्न सङ्घर्ष गरेका छन्। कैयौँले अस्तित्व कामय राख्न सकेका छन् र व्यापक रूपमा रोजगारी कटौती गरेका छन्।केही विमान सेवाले आयस्रोतका वैकल्पिक बाटो खोजिरहेका छन्।

स्पाइस जेटका अध्यक्ष अजय सिंहले भारत सरकारद्वारा प्रोत्साहनको प्रयासको सङ्ज्ञा दिँदै सामुद्रिक विमानले क्षेत्रीय सम्पर्क विस्तारमा सहयोग गर्ने बताए।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वल्लभ भाइ पटेलको १४५ औँ जन्म जयन्तीका अवसरमा शनिवार अहमदावाददेखि केवडियासम्मको उडानमा सहभागी हुने ठानिएको छ।

३० मिनेट लामो उडानमार्फत् स्पाइसको विमानले सेवा सुरु गर्नेछ, जसको एकतर्फको भाडा भारतीय रुपैयाँ १५ बाट सुरु हुनेछ। स्पाइस जेटले आफ्ना ३०० वटा ट्वीनअटर जहाजलाई सामुद्रिक विमानको रूपमा प्रयोग गर्नेछ। तीनमा यात्रु र चालक दलका सदस्य‍सहित १९ जना अटाउन सक्छन्।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा