११ मंसिर २०७८, शनिबार

मायाले दुखाउन बन्द गर्नुस्

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार ०९:१८


नमिता दवाडी
गोर्खा नेपाल
हाल : न्युजिल्यान्ड

यस्ता हर्कत गरेर जहिलेसुकै सताउन बन्द गर्नुस् !
चोटले भए ठिकै छ , मायाले दुखाउन बन्द गर्नुस् !!

भुकम्पले भत्केको घर त ठडिएला इटा सिमेन्टले !
यो दिल के ले जोड्नुहुन्छ ? टुटाउन बन्द गर्नुस् !!

म भोकै मर्न ,मार्न सक्दिनँ ! अब त मान्नुस् भनेको !
अधरमा फुल्ने प्रेमको सपना सजाउन बन्द गर्नुस् !!

गाउँभरि टाँगेको बत्ती नक्कली होइन, भन्नु हुन्छ नि !
माननीय ज्यू ! गोरेटोमा आँफै लड्खडाउन बन्द गर्नुस् !!

बाँध फुटेपछिको परिणाम बताईराख्न नपर्ला ,कसो ?
घरी घरी मेरो जवानीको आली भत्काउन बन्द गर्नुस् !!


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा