१९ मंसिर २०७८, आईतवार

कोरोना महामारीका कारण पाकिस्तानका ११ अदालतमा शिलवन्दी

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार १३:४५


१५ कार्तिक, इस्लामावाद । न्यायाधिश तथा कर्मचारीहरु कोरोना भाइरसबाट संक्रमित भएपछि पाकिस्तानका ११ अदालतमा शिलबन्दी गरिएको छ ।पाकिस्तानको दैनिक विवरण सार्वजनिक गर्दै आउनु भएका इस्लामावाद बार एसोसिएसनका सचिव नबिल तिहिर मिर्जाले शुक्रबार यो कुराको पुष्टि गरेका हुन ।

देशभर रहेका ७० अदालतहरु मध्ये ११ अदालतमा कुनै पनि काम कारबाही नहुनेगरी बन्द गरिएको उनले जानकारी दिए। ती अदालतहरु जिल्ला तथा शुरु तहका अदालतहरु पनि रहेका छन् ।
बन्द गरिएका ११ अदालतका १२ जना न्यायाधिश र कर्मचारीहरुमा कोरोनाभाइरसको सङ्क्रमण देखिएको उनले बताए ।

बारका सचिव मिर्जाले संक्रमित भएकाहरुको उपचार भइरहेको पनि सञ्चार माध्यमहरुलाई जानकारी दिए । पाकिस्तानमा शुक्रबारसम्म कोरोना भाइरसबाट कुल संक्रमितहरुको संख्या तीन लाख ३२ हजार १८६ रहेको छ ।

त्यसैगरी कोरोनाका कारण पाकिस्तानमा शुक्रबारसम्ममा छ हजार ७९५ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् । एएनआई


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा