१२ मंसिर २०७८, आईतवार

दिल्लीमा एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार १४:२२


भारतमा एकैदिन १३ हजारभन्दा बढी कोरोना संक्रमित

१५ कार्तिक, नयाँदिल्ली । भारतको केन्द्रिय राजधानी रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकैदिनमा अहिलेसम्मकै धेरै संक्रमित भेटिएका छन् ।  सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार दिल्लीमा शुक्रबार एकैदिनमा पाँच हजार ८९१ जना नयाँ संक्रमित भेटिएका हुन् । यो संख्या अहिलेसम्मकै सवैभन्दा धेरै भएको पनि उनीहरुले बताएका छन् ।

दिल्ली प्रदेशमा कोरोना भाइरसबाट अहिलेसम्म तीनलाख ८१ हजार ६४४ जना सङ्क्रमित भएका छन् । पछिल्लो समयमा दिल्लीमा कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको छ ।

दिल्लीमा यसअघि गत बिहीबार पाँच हजार ७३९ जना नयाँ संक्रमित भेटिएका थिए भने बुधबार पाँच हजार ६७३ जना भेटिएका थिए । सरकारी अधिकारीहरुले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबार दिल्लीबाट चार हजार ४३३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन ।

दिल्लीमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको संख्या तीन लाख ४२ हजार ८११ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।उनीहरुले दिल्लीमा अहिले ३२ हजार ३६३ जना अझै पनि संक्रमित अवस्थामै रहेको पनि उल्लेख गरेका छन् । त्यसैगरी कोरोना भाइरसका कारण दिल्लीमा अहिलेसम्म छ हजार ४७० जनाको मृत्यु भएको छ । एएनआई


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा