२२ मंसिर २०७८, बुधबार

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोभिड अस्पतालको स्तरोन्नति

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार १४:४३


१५ कार्तिक, धरान । कोरोनाको संक्रमणकालिन अबस्थाले आर्थिक समस्या भोगिरहेको धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमित तथा अन्य विरामीहरुको उपचारलाइ थप सहज एवं प्रभावकरी बनाउने उद्धेश्यले सुधारका कामलाइ प्राथमिकता दिएको छ ।

विगतमा भएको राजनैतिक हस्तक्षेप, विवाद, आर्थिक अनियमितताका कारण जर्जर भएको प्रतिष्ठानको सुधारलाइ अहिले प्रतिष्ठानले प्राथमिकता दिएको हो । विगतका जटिलता अनि कोरोनाका कारण उत्पन्न आर्थिक समस्याका अतिरिक्त कोभिड अस्पताल सञ्चालन भइरहेको छ । प्रतिष्ठानमा रहेको कोभिड अस्पतालमा रहेका ८ वटा भेण्टिलेटरले पूर्ण रुपमा काम गररहेको प्रतिष्ठानका अस्पताल निर्देशक प्रा. डा. गौरीशंकर शाहले बताएका छन् ।

पछिल्लो केही दिनयता प्रतिष्ठानको भेण्टिलेटर बिग्रिएको र बिरामीको पनि हेरचाह नभएको विषय बाहिरिएसँगै शाहले अस्पतालको निरीक्षणपछि भने झुठो अफवाह फैलाईएको दाबी गरेका हुन् । ‘नेपाल सरकारले उपलब्ध गराएको ८ वटा भेण्टिलेटरले अहिले काम गरिरहेको अवस्था छ,’ शाहले फोन सम्पर्कमा भने, ‘म आफैँ पनि निरीक्षणमा गएको थिए । उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीको निर्देशन अनुसार अनुगमन गर्दा काम राम्रै भईरहेको छ ।’ प्रतिष्ठानको कोभिड अस्पतालको स्तरोन्नतिका लागि आँफूहरुले काम गरिरहेको उनको तर्क थियो ।

‘हामीले त्यहाँको हरेक बेडमा रहेको अक्सिजनमा पाइपलाइन लगाईराखेका छौँ, अष्टमीदेखि नै काम सुरु भएको अवस्था छ,’ उनले सँग भने, ‘एक दुई दिनमा हाम्रो काम लगभग सकिन्छ, पाइपलाइन लगाएर अक्सिजन पुर्याउने काम भईराखेको छ ।’ उनले अक्सिजनमा पाइपलाइन लगाएपछि बिरामीको लागि फाईदा हुने बताउँदै अहिले चर्चा भएअनुसारको कुरामा कुनै सत्यता नरहेको स्पष्ट पारे ।

बीपी प्रतिष्ठान भ्रष्टाचारको अखडा बन्ने गरेको छ भन्ने हल्ला बारम्बार सुनिन्छ नि भन्ने प्रश्नमा उनले भ्रष्टारचार नै हुने भन्ने बिषयमा पनि आँफूहरु अन्यौलमा रहेको प्रतिक्रिया दिए । उनले भने, ‘हरेक कुरा टेण्डर प्रक्रियाबाट आउँदा के को भ्रष्टाचार हुन्छ ? विभिन्न सञ्चारमाध्ययमा सूचना प्रकाशित भएपछि मात्रै सामान खरीद हुन्छ ।’

यहाँ हुने राजनीतिकरण अनी विभिन्न पक्षको आफ्नो स्वार्थी विषयबस्तुहरुका कारण भने समस्या रहेको उनको तर्क थियो । पछिल्लो समय प्रतिष्ठनमा सुधारका कामहरु भइरहेको बताउदै शाहदे सकरात्मक सुधारका कामहरुमा स्थानीय, प्रदेश र संघीय सरकारका साथै सबै सरोकारवाला पक्षको सहयोग, साथ र सद्भाव अपरिहार्य रहेको बताए । उनले नकारात्मक कुरा कसैले लुकाएर नलुक्ने बताउँदै यहाँ भएका समस्या समाधानका निम्ति आँफूहरुले काम गरिराखेको बताए ।

‘नकारात्मक कुरा कसैले पनि लुकाएर लुक्दैन, नकारात्मक कुरा बाहिरियो भने हामी त्यसलाई समाधान गर्नेछौँ,’ उनले भने । अहिले प्रतिष्ठानका बिकराल अवस्था चिर्नका लागि उपकुलपतिको कडा निर्देशन अनुसार राम्रै काम भइरहेको उनको दाबी थियो । यसैबीच प्रतिष्ठानले एक विज्ञप्ती जारी गर्दै कोभिडको उपचार सेवा विस्तारको काम भइरहेको पनि जनाएको छ ।

कोभिड अस्पतालको बेथितीबारे चौतर्फी विरोधसँगै नागरिक समाजबाट वीपी प्रतिष्ठान सुधार दबाब समूह गठन भएपछि प्रतिष्ठानको सुचना तथा सञ्चार केन्द्रले विज्ञप्ती जारी गर्दै कोभिड विरामीको चापलाई मध्यनजर गर्दै उपचार सेवा विस्तार भइरहेको जनाएको हो । विज्ञप्ती अनुसार कोभिड अस्पतालमा २५ वटा हाई डिपेडेन्सी युनिट विस्तार गर्ने तयारी भइरहेको छ । यसैगरि, १० वटा थप भेन्टिलेटर जडान गर्ने पनि बताईएको छ । यस बाहेक थप १० वटा नन इन्भेसिभ भेन्टिलेटर ‘एनआईभि’ र ८ थान हाई फ्लो नजल क्यानुला ‘एमएफएनसि’ पनि जडान गरिने प्रतिष्ठानले जनाएको छ ।

यस्तै, अक्सिजन पोर्टसहित थप ४० बेड क्षमता विस्तार गरिने विज्ञप्तीमा उल्लेख गरिएको छ । प्रतिष्ठानको कोभिड ल्याबमा हालसम्म ६३ हजार बढीको स्वाब परीक्षण गरिएको र कोभिड अस्पताल सञ्चालन आएपछि प्रदेश १ र अन्यत्रको गरि १ हजार भन्दा बढी कोरोना संक्रमितलाई भर्ना गरेर उपचार गरिसकेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा