११ मंसिर २०७८, शनिबार

काेराेनाले विराटनगरमा थप ६ जना संक्रमितको मृत्यु

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार १५:२३


१५ कार्तिक, विराटनगर । विराटनगरका अस्पतालहरुमा पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा झापा र मोरङका २ र २ तथा सुनसरी र उदपयपुरका एक एक जना छन् । नोबेल मेडिकल कलेजमा चार जनाको मृत्यु भएको छ ।

उर्लाबारी नगरपालिका-१, झापाकी ६६ वर्षीया महिलाको शनिबार विहान मृत्यु भएको छ । १३ गते अस्पताल भर्ना भएकी उनलाई सोही दिन कोरोना संक्रमण भएको पुष्टि भएको थियो । विर्तामोड, झापाका ७५ वर्षीय पुरुष १२ कार्तिकमा अस्पताल भर्ना भएका थिए ।

निमोनियाको समस्या देखिएका उनद्धको शनिबार बिहान मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका-१०, मोरङकी ६९ वर्षीया महिलाको शनिबार बिहान मृत्यु भएको छ । १० कात्तिकमा कोरोना पुष्टि भएको थियो भने सोही दिन अस्पताल भर्ना भएकी थिइन् ।

इटहरी, सुनसरीका ४३ वर्षीय पुरुषलाई उपचारका लागि नोबेल मेडिकल कलेज पुर्‍याउँदा एम्बुलेन्समा मृत्यु भएको छ । कोरोना पोजेटिभ देखिएपछि उनलाई उपचारका लागि शुक्रबार अस्पताल ल्याउने क्रममा मृत्यु भएको हाे ।

यस्तै बिराटनगर-३, मोरङका ६५ वर्षीय पुरूषको शनिबार बिहान विराट मेडिकल कलेजमा मृत्यु भएको छ । उनी कार्तिक ६ गते भर्ना भएका थिए । उदयपुरकी ४२ वर्षीया महिलाको म्याक्स हस्पिटल विराटनगरमा शनिवार बिहान मृत्यु भएको छ । शुक्रबार साँझ अस्पताल भर्ना भएकी उनको बिहान करिब ७ बजे मृत्यु भएको हाे ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा