२२ मंसिर २०७८, बुधबार

पदमार्गमा भालुको आक्रमण बढ्दै, सावधानीपूर्वक यात्रा गर्न प्रहरीले आग्रह

प्रकाशित मिति :  १५ कार्तिक २०७७, शनिबार १९:१७


दिपायलमा भालुको आक्रमणमा परी एक जना गम्भीर घाइते

१५ कार्तिक, रसुवा ।  हिमाली क्षेत्रको पदमार्गमा भालुको आक्रमण बढ्न थालेको छ । त्यस क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न नेपाल प्रहरीले आग्रह गरेको छ । उच्च भागमा चिसोपन बढ्न थालेसंँगै जंगली जनावर बेसीँ झर्नेक्रम शुरू भइसकेको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक सरोज गिरीका अनुसार जंगलमा वस्तु चराउने क्रममा जंगली भालुले एक व्यक्तिलाई आक्रमण गरिसकेका कारण यस्ता घटना न्यूनीकरणका लागि पूर्वसावधानी रहन सबैमा अनुरोध गरिएको छ । यसरी भालुको आक्रमणबाट घाइते हुनेमा गोसाइँकुण्ड गाउँपालिका वडा नं ५ का ३५ वर्षीय पासाङवाङ्दी तामाङ छन् । उनलाई गोसाइँकुण्ड धार्मिक मार्ग अन्तर्गत देउराली जंगलमा भालुले हालै आक्रमण गरी घाइते बनाएको बताइएको छ ।

भालु, चितुवा, बँदेललगायतका जनावर आगामी फागुनसम्म बेसीँतर्फको न्यानो क्षेत्रमा ओर्लने ज्येष्ठ नागरिक बताउछन् । गत आर्थिक वर्षमा जंगली भालुको आक्रमणबाट १० जना घाइते भएका थिए । उनीहरूलाई सरकारी कोषबाट उपचार खर्चबापत सरकारी अस्पतालको सिफारिसका आधारमा रकम प्रदान गरिएको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा