अब सार्वजनिक सवारीमा भाडादर नटाँसे कारबाही
नेपालबहस संवाददाता
कात्तिक १५, २०७७ आइतबार १:१९:२८
१५ कार्तिक, काठमाडौं । सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही थालेको छ । महाशाखाले भाडादर टाँसे÷नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ । अभियानको आज पहिलो दिन चार सय २९ सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ ।
सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्न र यात्रुलाई गन्तव्यसम्मको भाडादर थाहा पाउन सहयोग पुगोस् भनेर उक्त अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।
यात्रुबाहक सवारी साधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको गुनासो आएपछि अनुगमनमा थप कडाइ गर्न थालिएको छ ।
सडक र सवारी प्रयोगकर्तालाई कुनै पनि समस्या परेमा वा यात्राको क्रममा कुनै जानकारी लिनुपरेमा ट्राफिक प्रहरीको हटलाईन १०३ मा फोन गर्न पनि महाशाखाले अनुरोध गरेको छ । महाशाखाले ठूलो आवाज निकाल्ने, ढोका खुल्ला राख्ने तथा स्वास्थ्य मापदण्ड पालना नगर्ने सवारी साधनलाई पनि कारबाही अभियान थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनारायणगढ–मुग्लिन सडकका एघार पुल सञ्चालनमा, अन्यमा निर्माणको काम जारी
चैत ३०, २०८० शुक्रबार
मुग्लिन–पोखरा सडक विस्तार: पहिरो जाने सम्भावित स्थानमा वर्षाअघि कालोपत्र नगरिने
चैत २८, २०८० बुधबार
ट्र्याक खुलेको २० वर्षपछि गलुवा–भकुण्डे सडक कालोपत्र हुँदै
चैत २६, २०८० सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
सत्ता समीकरणमा खटपट चलिरहेका बेला देउवा र नेपालको भेटले थप्यो अर्को तरंग
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार