२२ मंसिर २०७८, बुधबार

उपकरण हस्तान्तरण भएकै दिन ११ जनाको कानको परीक्षण

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार ०९:५१


फोटो क्याप्सन : इएनटी अस्पताललाई उपकरण हस्तान्तरण पश्चात कानको परीक्षण गर्दै चिकित्सक । 

◊ धीरुभाइ

१६ कार्तिक, सप्तरी । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. १ मा निर्माण गरिएको त्रिप्ती मेमोरियल नाक, कान र घाँटी (इएनटी) अस्पताललाई शनिबार एक कार्यक्रमबीच उपकरणहरु हस्तान्तरण गरिएको छ ।  रोटरी क्लब इन्टरनेशनल राजविराजले ईएनटी अस्पतालको लागि आवश्यक उपकरणहरु गाउँपालिका र अस्पताललाई हस्तान्तरण गरेको हो ।

सो कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले अस्पतालको विकासका लागि गाउँपालिकाले हरसम्भव प्रयास गर्ने बताए । अस्पतालको भौतिक निर्माणमा गाउँपालिकाले सहयोग गर्दै आएको बताउँदै अध्यक्ष सिंहले आगामी दिनमा पनि सहयोग निरन्तर रहने बताए ।

अस्पतालको सेवालाई अझ प्रभावकारी बनाउन आगामी दिनमा टेलीमेट्री प्रणाली समेत सञ्चालन गरिने बताउँदै अध्यक्ष सिंहले मिनरल वाटर प्लान्ट स्थापनाका लागि सहयोग गर्न रोटरी क्लब इन्टरनेशनल राजविराज र लायन्स क्लब अफ राजविराजलाई आग्रह गरे । अस्पतालका अध्यक्ष डा. अनिलकुमार झाले लामो समयको प्रयासपछि अस्पतालले विस्तारै पूर्णता पाउँदै गएकोमा खुशी ब्यक्त गर्दै सबैको सहयोगले मात्र अस्पतालले प्रभावकारी सेवा प्रदान गर्न सक्ने बताए।

सो कार्यक्रममा रोटरी क्लब इन्टरनेशनल काठमाण्डौका पूर्व अध्यक्ष प्रताप सिंह तातेड, त्रिप्ती नारायण मेमोरियल ट्रष्टका उपाध्यक्ष किशोर झा, वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर मिश्र, सशस्त्र प्रहरी निरीक्षक सुशील केसी, लायन्स क्लबका मनोज सापकोटासहितकाले मन्तब्य ब्यक्त गरे ।
कार्यक्रम समापन पश्चात डा. अनिल कुमार झाले गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंह र अजय प्रताप सिंहको कानको परीक्षण गरे । उपकरणहरु हस्तान्तरण भएको दिन शनिबार ११ जनाको कानको परीक्षण गरिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा