११ मंसिर २०७८, शनिबार

एसएसपीलाई धम्क्याएको परिणाम : विप्लवका ललितपुर सेक्रेटरी पक्राउ !

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार ११:२८


विप्लव समूहको कार्यालयमा प्रहरीको छापा, महत्वपूर्ण दस्तावेज बरामद

१६ कात्तिक, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ता ललितपुरबाट पक्राउ परेका छन् । ललितपुर जिल्ला सेक्रेटरी सावित्रा अधिकारी ‘विदुषी’ आइतबार पक्राउ परेकी हुन् । ललितपुरमा कोणसभा गर्ने तयारी भइरहेका बेला विदुषी पक्राउ परेकाे प्रहरीले जनाएको छ ।

उनले ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईलाई धम्क्याएकी थिइन् । विप्लव समूहका ललितपुर जिल्ला समिति सदस्य सानुराज बज्राचार्यलाई पक्राउ गर्दै उनको कोठाबाट ठूलो परिमाणमा विष्फोटक पदार्थ बरामद गरेका बेला विदुषीले राईलाई धम्की दिएकी थिइन् ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा