२२ मंसिर २०७८, बुधबार

कावासोतीमा गैँडाको आक्रमणबाट एककाे मृत्यु

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार ११:४३


थुनामा रहेका कैदीको उपचारका क्रममा मृत्यु

१६ कार्तिक कावासोती । गैँडाको आक्रमबाट नवलपरासीपूर्व नवलपुरमा आज एक जनाको मृत्यु भएको छ । नवलपरासीपूर्व नवलपुरको देवचुलीनगरपालिका–१७, कुलेनीमा गैँडाको आक्रमणमा परी सोही ठाउँ निवासी ६५ वर्षीय जङ्गीलाल मुखियाको मृत्यु भएको १७ वडाका वडाध्यक्ष विष्णुप्रसाद आचार्यले जानकारी दिए।

आज बिहान खेतमा तोरी छर्न जाने क्रममा उनलाई गैँडाले आक्रमण गरेको थियो । बिहान ५ बजेको समयमा गैँडाले आक्रमण गरेर घाइते भएका मुखियाको एक घण्टापछि मात्र स्थानीयवासीले देखेर उद्धार गरेको वडाध्यक्ष आचार्यले जानकारी दिए । उद्धार गरी उपचारका लागि भरतपुर लैजाने क्रममा बाटोमा नै ज्यान गएको वडाध्यक्ष आचार्यले बताए।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा