१२ मंसिर २०७८, आईतवार

यी हुन् बोक्सी भन्दै आफ्नै आमालाई कुटी-कुटी मार्ने छोरा !

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार ११:५५


१६ कार्तिक, काठमाडौं । बोक्सी भन्दै सिराहामा आफ्नै छोराले आमालाई कुटी-कुटी हत्या गरेका छन् । श्रीमति मनिषा साहको खुट्टामा घाउ भएपछि आमाले बोक्सी बनेर निको नहुने बनाएको भन्दै कान्छो छोरा रामअवतार साहले कुटी-कुटी आफ्नै आमाकाे हत्या गरेका हुन् ।

मृत्यु हुने उनकी आमा कर्जन्हा नगरपालिका ३ निवासी ९० वर्षीया सुदामा देवी साह हुन् । बोक्सीको आरोप लगाएर राम अवतारले केही दिनअघि नै सुदामालाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते बनेकी सुदामाको उपचारको क्रममा मृत्यु भएको हो ।

आमालाई कुटपिट गरेर हत्या गर्ने रामअवतारलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान शुरु गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा