२२ मंसिर २०७८, बुधबार

आउन मायामा दयाहाङ र बिमलाको गज्जब अभिनय

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १३:१२


१६ कार्तिक, काठमाडौं । लोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत ‘आउन माया’को भिडियो बाहिरिएको छ । गायक तथा संगीतकार हरि लम्सालको शब्द, संगीत र एरेन्जमा तयार भएको गीतले माया प्रेम र विरहलाई नजिकबाट केलाएको भिडियोमा दयाहाङ राई र बिमला खजुमको अभिनय रहेको छ ।

भिडियोमा आँफुलाई भन्दा बढी माया गर्ने मायालु साथमा नै हुँदा बेवास्ता गर्ने प्रेमीले मायालु टाढिएपछि बल्ल उनको महत्व बुझेको कथालाई मार्मिक तरिकाले देखाइएको छ ।

किरन चाम्लिङ राईको निर्देशन रहेको गीतको भिडियोको सम्पादन अनिल रानाले गरेका हुन् भने छायांकन भुपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् ।

हेर्नुहोस् भिडियो :


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा