१२ मंसिर २०७८, आईतवार

महासमिति सदस्य धानुकको निधनप्रति दुःख व्यक्त

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १३:२४


बिपीको समाजवादको बाटोमा कांग्रेस सदैव क्रियाशील रहने छ : सभापति देउवा

१६ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं तरुण विभाग सदस्य मेदनी महतो धानुक ‘मदन मण्डल’ को निधनप्रति दुःख व्यक्त गरेका छन । बारा जिल्ला आदर्श कोटवाल गाउँपालिका–५ निवासी धानुकको उपचारका लागि आज काठमाडौंं ल्याइँदै गर्दा बाटामै निधन भएको हो ।

सभापति देउवाले शोक वक्तव्यमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरे धानुकले नेपालका लोकतान्त्रिक आन्दोलन र पार्टी संगठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । कांग्रेसले उनको निधनबाट एक होनहार युवा नेतृत्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा