२२ मंसिर २०७८, बुधबार

दीपकराज र निश्चलले बनाउने एउटै फिल्म कस्तो होला ?

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १५:३६


१६ कार्तिक, काठमाडौं । कोरोना महामारीको मारमा परेको फिल्म बजारलाई चलायमान बनाउन ठूला निर्माता निर्देशकबीच सहकार्यको सम्भावना बढेको छ । पछिल्लो समय निर्माता तथा निर्देशक दीपकराज गिरी र चर्चित निर्देशक निश्चल बस्नेतबीच सहकार्य हुने सम्भावना बढेको चर्चा छ ।

दीपकराज गिरी, दीपाश्री निरौला, निश्चल बस्नेत र स्वष्तिका खड्काबीच भेट भएको फोटो सामाजिक सञ्जालबाट बाहिरिएको थियो । दीपा र दीपकराज एक फिल्मी जोडी हो भने निश्चल र स्वष्तिमा श्रीमान श्रीमति हुन् ।

पछिल्लो समय यी चारै जना नेपाली फिल्मका चल्तीका कलाकार तथा निर्माता निर्देशक हुन् । खासगरी स्वष्तिमा सफल नायिकामा दरिएकी छिन् । उनीहरुबीच चलचित्र निर्माण गर्नेबारे कुरा भएपनि कुन फिल्म बन्ने भन्ने एकिन छैन् ।

यद्यपी यसबारेमा छलफल भइरहेको जनाइएको छ । लुटबाट नेपाली चलचित्रको जनरा नै परिवर्तन गरेका निश्चल र नेपाली हास्यव्यंग्यलाई नै चलचित्र कथामा ढालेका दीपकराजले बनाउने आखिर एउटै फिल्म कस्तो होला ? दर्शकको चाँसो बढेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा