११ मंसिर २०७८, शनिबार

हाईड्रोपवारमा पुन चहलपहल सुरु हुँदा शेयरबजारका महत्त्वपूर्ण विन्दुहरु के-के हुन ?

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १७:१५


१६ कार्तिक, काठमाडाैं । अघिल्लो कारोवार दिन जस्तै आज पनि शेयरबजारमा थोरै गिरावट देखिएको छ । नेप्से परिसूचक ४ दशमलव ७२ अंकले घट्दै १६४० दशमलव ९५ को विन्दुमा बन्द भएको छ ।

वाणिज्य बैंक उपसुचकमा १ प्रतिशत माथि गिरावट आउँदा समस्त नेप्से परिसूचकमा नै प्रेसर आएको छ।  हाईड्रोपावर उपसुचकमा  फेरी चमक आउँन सुरु भएको छ । ट्रेडिङ्ग उपसुचकमा सर्वाधिक वृद्धि हुँदा लघुवित्त उपसुचकमा पनि १ प्रतिशत माथिको वृद्धि देखिएको छ ।

 

आज सर्वाधिक कारोवार हुने ५ कम्पनीहरु :

आज सर्वाधिक कमाउने ५ कम्पनीहरु :

आज सर्वाधिक गुमाउने ५ कम्पनीहरु :

यसै वर्षको मार्च महिनाको ईण्ट्राडे हाई विन्दुबाट नै अघिल्लो कारोवार दिन शेयरबजार फर्किएको थियो भने आज पनि खुला विन्दुलाई नै उच्च विन्दु बनाउदै आजको बजार तल्लो दिशातर्फ फर्किएको छ।  वाणिज्य बैंकहरुमा बिक्री चाप आए संगै बजार घट्न पुगेको हो ।

बजारले १६१० को क्षेत्रको प्रतिरोध तोडेर माथिल्लो दिशा समातेकोमा बजारले तत्कालीन टेवा १६१० को क्षेत्र तिर पाउने सम्भावना अलिक धेरै छ।  त्यसपछि भने बजारले १५५० को क्षेत्रमा एउटा बलियो टेवाको रुपमा अघि सर्ने छ।

बजारलाई बुलिस आकृति समाउनको लागि प्रतिरोध क्षेत्र अघिल्लो कारोवार दिनको उच्च विन्दु १६६०को क्षेत्र  नै रहेको छ।

(नोट : निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला ! नेपालबहसको शेयर बिश्लेषण गर्ने शाखाले प्राविधिक र आधारभूत औजारको प्रयोग गरेर बिश्लेषण गरिएको हो। नाफा-नोक्सानको जिम्मेवार नेपालबहस हुने छैन। )


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा