१६ मंसिर २०७८, बिहीबार

नेपाल प्रहरीका घुस्याहा सई र जवान पक्राउ

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १७:०५


१६ कार्तिक, सप्तरी । सेवाग्राहीबाट घुस लिएर संगठनकै बदनाम गर्ने नेपाल प्रहरीका घुस्याहा सई र जवान पक्राउ परेका छन् । नेपाल–भारत सीमामा रहेको राजविराज भन्सार कार्यालयका प्रहरी नायब निरीक्षक सई सिकिन्दर कामत र प्रहरी जवान रामेश्वर मण्डल पक्राउ परेका हुन् ।

दुवै जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । उनीहरुले भारतबाट नेपालमा अवैधरूपमा समान ओसार्न प्रयोग भएको मोटरसाइकल कागज मिलाएर छाडि दिने भनेर घुस लिएका थिए ।

सइ कामतले सेवाग्राहीबाट ५० हजार घुस लिएका थिए भने जवान यादवले पनि घुस रकम लिएर सेवाग्राहीलाई दुःख दिएका थिए ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा