लमजुङमा अवैध जडिबुटीसहित पाँच जना पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १६, २०७७ आइतबार २३:३६:१५
१६ कार्तिक, लमजुङ । बेसीशहर नगरपालिका-८ नारायणस्थानबाट विभिन्न प्रकारका अवैध जडिबुटीसहित पाँच जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा लमजुङ दोर्दी गाउँपालिका-८ बस्ने ३१ वर्षीय कर्ण गुरुङ, मनाङ नार्फु गाउँपालिका-२ बस्ने ४५ वर्षीय लाम्पा छिरिङ लामा, मनाङ नेस्याङ गाउँपालिका-३ बस्ने २९ वर्षीय पल्मु लामा, लमजुङ बेसीशहर नगरपालिका-८ बस्ने ४४ वर्षीया शान्ता कुमारी तामाङ र ४६ वर्षीय मिन बहादुर तामाङ रहेका छन् ।
पक्राउ परेकामध्ये कर्ण, लाम्पा र पल्मुको साथबाट अवैध जडिबुटी १६ किलोग्राम जटामसी, १ सय २४ किलोग्राम बुकीफुल, ५३ किलोग्राम धुपिपात, ९ किलोग्राम सुनपाती र १३ किलोग्राम भोजपत्र बरामद भएको छ ।
मनाङबाट ग.१ ज ७४५३ नम्वरको जिपमा अवैध रुपमा जडिबुटी ओसारपसार हुँदैछ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा कर्णले चलाएको उक्त जिपमा लुकाई राखेको जडिबुटीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी सोही कार्यालयबाट खटिएको प्रहरीले शान्ता कुमारी तामाङलाई उनकै घरबाट प्रतिबन्धित जडिबुटी पाँचऔले ८ किलोग्राम सहित तथा मिन बहादुर तामाङलाई ३.५ किलोग्राम प्रतिबन्धित जडिबुटी पाँचऔले, अवैध जडिबुटी ५३ किलोग्राम निरमसी, १४ किलोग्राम मजिठो, २ सय ४१ किलोग्राम पिप्ला, ८.५ किलोग्राम सतुवा, २.५ किलोग्राम जटामसी, १ सय ६ किलोग्राम ढालिङ, ५४ किलोग्राम कुड्की सहित पक्राउ गरेको हो ।
बरामद जडिबुटीको अनुमानित बजार मूल्य करिब १९ लाख ३२ हजार २ सय ९० रुपैयाँ रहेको र उक्त जडिबुटीसहित उनीहरुलाई आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय लमजुङ पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
नेपाल र चीनको सीमा कोरला क्षेत्रमा प्रहरीको संयुक्त गस्ती
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार