२२ मंसिर २०७८, बुधबार

छुट्टाछुट्टै स्थानबाट २२ जना जुवाडे पक्राउ

प्रकाशित मिति :  १६ कार्तिक २०७७, आईतवार १७:५४


१६ कार्तिक, काठमाडौं । दार्चुला, नौगाड गाउँपालिका-३ खार बस्ने मान बहादुर ठगुन्नाको पसलमा तास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-३ बस्ने ३० वर्षीय रमेश सिह ठगुन्ना लगायत १४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी दल्लेखबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ८८ हजार ४ सय ६५ रुपैयाँ र २ गड्डी तास सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१२ आँपधाप बस्ने नोर्बु घलानको घरमा कौडा खेलिरहेको अवस्थामा धादिङ बेनिघाट नगरपालिका-१ बस्ने ३५ वर्षीय रमेश पाण्डे लगायत ८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कौडा खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरीले उनीहरुलाई कौडा र नगद १ लाख ३० हजार ८ सय ४० रुपैयाँ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा