मंगलबार , मंसिर ९, २०७७

हिमालयनको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सुचिकृत

हिमालयनको ४ प्रतिशत बोनस शेयर नेप्सेमा सुचिकृत

१६ कार्तिक, काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७५/७६ बाट वितरण गरेको ४ प्रतिशत बोनस शेयर सूचीकृत भएको छ । ४ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । इन्स्योरेन्सले गत असार २९ गतेको वार्षिक साधारण सभाबाट पारित ४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत गराएसँगै कुल ४ लाख १० हजार ८८० कित्ता शेयर नेप्सेमा थपिएको छ ।

कम्पनीले कर प्रयोजनका लागि ३.७५ प्रतिशतले हुन आउने ३ करोड ८५ लाख २० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बोनस शेयर पछि हिमालयनको चुक्ता पुँजी १ अर्ब ७ करोड भन्दा बढी भएको छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्सुरेन्सले १७ करोड ३० लाख ७० हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय