सोमबार , मंसिर १५, २०७७

लमजुङमा कालिका सहकारीको डेढ लाख लुटियो !

लमजुङमा कालिका सहकारीको डेढ लाख लुटियो !

१६ कार्तिक, लमजुङ । बेँसीशहर नगरपालिका– ८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेँसीशहरको पैसा आज लुटिएको छ । बेँसीशहर –११ रामचोकबेँसीबाट सहकारीको पैसा उठाएर उदिपुरतर्फ आउँदै गरेको सहकारीका कर्मचारी शान्ति अछामीका साथमा रहेको झोला खोसेर चोरले लुटेको प्रहरीले जनाएको छ ।

चिती र उदिपुर कार्यक्षेत्र रहेको सहकारीका कर्मचारी एक्लै आएको मौका छोपी मस्र्याङ्दी नदी झोलुङ्गे पुलमा झोला खोसेर एक पुरुष फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ॐप्रकाश पुनले बताए ।

कालो कपडा र कालो मास्क लगाएर आएका एक पुरुष झोलामा रहेको पैसा, मोबाइल, सहकारीको कलेक्सन लिष्ट सबै लुटपाट गरेर फरार रहेको र प्रहरीले खोजी तीव्र बनाएको उनको भनाइ छ ।

सहकारीका प्रमुख कार्यकारिणी अधिकृत देवराज खनियाँले सोमबार प्रत्येक पसल तथा घरघरमा गएर पासबुकका आधारमा लुटिएको यकिन रकम खुले पनि अन्दाजी रु डेढ लाख लुटिएको हुन सक्ने जानकारी दिए । लुटेराले कर्मचारी अछामीलाई लछारपछार गर्दा देब्रे खुट्टा मर्किएको सहकारीले जनाएको छ ।

अछामीको कार्यक्षेत्रमा एक सय जना जति सहकारीका सदस्य रहेको जनाइएको छ । सहकारी सदस्यबाट उठाएका रकम लुटिँदा चिन्तित भए पनि सहकारीका तर्फबाट कुन सदस्यको कति पैसा जम्मा भएको थियो हेरी खातामा जम्मा गरिदिने खनियाँले बताए ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय

काठमाडौंमा राजावादीहरुकाे प्रदर्शन : राजा आऊ, देश बचाऊ ! काठमाडौंमा राजावादीहरुकाे प्रदर्शन : राजा आऊ, देश बचाऊ ! ८ घण्टा पहिले
धनगढी अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण धनगढी अस्पताललाई भेन्टिलेटर र सुरक्षा सामग्री हस्तान्तरण ११ घण्टा पहिले
अस्पताल सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण अस्पताल सरकारको भन्दा पनि नेपाली जनताको स्वास्थ्य रक्षाका लागि महत्वपूर्ण ५ घण्टा पहिले
चन्द्रागिरि नगरपालिकाद्वारा एम्बुलेन्स खरिद चन्द्रागिरि नगरपालिकाद्वारा एम्बुलेन्स खरिद ३ घण्टा पहिले
सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्ने पर्यटनमन्त्रीकाे अपेक्षा सन् २०२२ मा नेपालमा पर्यटक निकै बढ्ने पर्यटनमन्त्रीकाे अपेक्षा १० घण्टा पहिले
तपाईको आजको राशीफल कस्ताे छ ? तपाईको आजको राशीफल कस्ताे छ ? १६ घण्टा पहिले
राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहिको पदस्थापना कार्यक्रम सम्पन्न राष्ट्रिय मानव अधिकार प्रतिष्ठान रुपन्देहिको पदस्थापना कार्यक्रम सम्पन्न ११ घण्टा पहिले
नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न खनालकाे चेतावनी नेकपा फुट्छ र ठूलो भाग खान पाउँछु भन्ने आश नगर्न खनालकाे चेतावनी ९ घण्टा पहिले