११ मंसिर २०७८, शनिबार

युभेन्ट्सको जितमा रोनाल्डोको दुई गोल

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार ०७:१५


१७ कार्तिक, एजेन्सी । इटालियन सिरी ए फुटबलमा साविक विजेता युभेन्ट्स विजयी भएको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सले स्पेजियालाई ४–१ गोल अन्तरले हराएको हो । युभेन्ट्सको जितमा क्रिस्टियानो रोनाल्डोले दुई तथा अल्भारो मोराटा र एड्रियन राबिओटले एक एक गोल गरे ।

घरेलु टोलीका टोमासो पोबेगाले एक गोल फर्काए । कोरोना जितेलगत्तै मैदान उत्रिएका रोनाल्डोले पहिलो खेलमै शानदार गोल गरेका हुन् । जितसँगै युभेन्ट्सले ६ खेलमा १२ अंक जोडेको छ । युभेन्ट्स दोस्रो स्थानमा रहेको छ ।

स्पेजिया ६ खेलमा ५ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा