२२ मंसिर २०७८, बुधबार

कोलकत्ता प्लेअफ नजिक, राजस्थान बाहिरियो

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार ०७:२५


१७ कार्तिक, एजेन्सी । कोलकत्ता आइपीएल क्रिकेटको प्लेअफ नजिक पुगेको छ । गएराती भएको खेलमा राजस्थानलाई ६० रनले हराउँदे कोलकत्ता प्लेअफ नजिक पुगेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा कोलकाताले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको राजस्थान २० ओभरमा ९ विकेट गुमाएर १ सय ३१ रनमा सिमित भएको थियो ।

राजस्थानका लागि जोस बट्लरले सर्वाधिक ३५ रन बनाए । राहुल टेवाटियाले ३१ रन जोड्दा बेन स्टोक्सले १८ रन बनाए । श्रेयस गोपालले अविजित रहदै २३ रन बनाए । राजस्थानलाई सस्तैमा रोक्न कोलकाताका पाट कुमिन्सले ४ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ७ विकेट गुमाएर १ सय ९१ रन बनाएको थियो । कोलकाताको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले अविजित रहदै ६८ रनको अर्धशतकीय इनिङ्स खेले । राजस्थानका राहुल टेवाटियाले ३ विकेट लिए ।

जितसँगै कोलकाताले १४ खेलमा १४ अंक जोडेको छ । यदि हैदरावाद मुम्बईसँग हारेको खण्डमा कोलकत्ता स्वतः प्लेअफमा पुग्नेछ । हैदरावादले जितेको खण्डमा भने नेट रनरेटका आधारमा प्लेअफ पुग्ने टोलीको टुंगो लाग्नेछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा