२२ मंसिर २०७८, बुधबार

एभर्टनले गुमायो शीर्ष स्थानमा उक्लिने मौका

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार ०७:४७


१७ कार्तिक, एजेन्सी । महत्वपूर्ण खेलमा पराजित भएपछि इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिने एभर्टनको सपनामा गम्भिर धक्का लागेको छ । न्युकासल युनाईटेडसँग गएराती २–१ गोल अन्तरले पराजित भएपछि एभर्टन शीर्ष स्थानमा उक्लिनबाट चुकेको हो ।

न्युक्यासलका लागि कलुम विल्सनले दुई गोल गरे । एभर्टनका डोमिनिक लेविनले एक गोल फर्काएपनि त्यो जितका लागि पर्याप्त भएन । एभर्टनको यो लगातार दोस्रो हार हो । दोस्रो स्थानको एभर्टनले ७ खेलमा १३ अंक जोडेको छ । जितपछि न्युकासल ११ अंक जोडेर दशौँ स्थानमा उक्लिएको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा