१२ मंसिर २०७८, आईतवार

तलव खाता भएका कर्मचारीलाई एनएमबि बैंकले एक लाखसम्म सापटी दिने

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार ११:१८


१७ कार्तिक, काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी, एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ । जहाँ कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बताइएको छ । यो ‘नेपालमै पहिलो पटक’ २४ घण्टा र ७ दिन कुनै पनि समय पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । उक्त सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोगबाट नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो । एनएमबिमा तलव खाता भएका तलबी कर्मचारीहरुलाई रु. १,००,००० सम्म २४ घण्टा र ७ दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।

एनएमबि बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनील केसीका अनुसार :– एनएमबि सापटी डिजिटल बैंकिङ्गमा बैंकको प्रगतिलाई रेखांकित गर्ने मार्गचित्रको एक अभिन्न अंग हो, जसले ग्राहकहरूलाई वित्तीय सेवाहरु सहजै प्रदान गर्नुको साथै ब्रान्डसँगको अनुभव अभिबृद्धि गर्दछ । शून्य म्यानुअल हस्तक्षेपका साथ सम्पूर्ण कर्जाको शुरुदेखी अन्त्यसम्मको प्रक्रियाले ग्राहकहरूलाई कर्जा प्राप्त गर्न कुनै पनि समय, जुनसुकै स्थानबाट सजिलो मात्र नबनाई कागजविहीन कार्य वातावरण प्रति बैंकको प्रतिबद्धतालाई समेत टेवा पु¥याउदछ । एनएमबि सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ । जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्क रहित माध्यमको रुपमा प्रस्तुत गर्दछ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा