११ मंसिर २०७८, शनिबार

गोकर्णेश्वर नगरपालिकाले रेडियो सञ्चालन गर्ने

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार ११:५१


हेलम्बु एफएममा आक्रमण, अहिले प्रसारण सेवा बन्द

१७ कार्तिक, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले आफ्नै एफएम रेडियो सञ्चालन गर्ने भएको छ । नगरपालिकाको पाँचौँ नगरसभाबाट पारित नीति तथा कार्यक्रमको सूचना तथा सञ्चार नीतिमा स्थानीय सरकारका कामलाई जनतासमक्ष सहजरुपमा पु¥याउनका लागि रेडियो स्टेशन स्थापना गर्ने उल्लेख छ ।

त्यस्तै सूचनामैत्री नगरपालिका निर्माणका लागि धार्मिक, सांस्कृतिक तथा अन्य गतिविधिको प्रचार गर्ने नीति लिएकाले नगरका सबै वडामा निःशुल्क वाइफाइ सेवा विस्तार गरेको नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुङ्गानाले जानकारी दिए ।

स्थानीय पत्रपत्रिका तथा सञ्चारमाध्यमको क्षमता वृद्धिका लागि विकास पत्रकारिता तालीम सञ्चालन गर्ने योजना बनाएको नगरपालिकाले एकीकृत नगर सूचना केन्द्र निर्माण गर्ने योजना पनि अगाडि सारेको छ ।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा