१६ मंसिर २०७८, बिहीबार

मुकेश चौरसियाको हत्यामा संलग्न तिवारी भारतबाट पक्राउ

प्रकाशित मिति :  १७ कार्तिक २०७७, सोमबार १२:३९


१७ कार्तिक, पर्सा । पर्साका मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आइतबार एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले हत्यामा संलग्न भएको आरोपमा पर्सा विन्दवासीनी गाउँपालिका–४ मधवलका ३२ वर्षीय उत्तम भन्ने निरन्जन तिवारीलाई पक्राउ गरेको हो।

तिवारीसहितको टोलीले कार्तिक ६ गते पर्साको बिन्दबासिनी गाउँपालिकाका सत्तारुढ नेकपाका सचिव चौरसियामाथि आक्रमण गर्दा उनको ज्यान गएको थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार भागेर भारत पुगेका उनलाई त्यहीँबाट पक्राउ गरेर ल्याइएको हो।

नेकपा गाउँपालिका स्तरीय शपथ ग्रहण कार्यक्रममा नेकपाभित्रकै दुई पक्षबीच कुटाकुट भई गम्भीर घाइते भएका चौरसियाको मृत्यु भएसँगै अस्पतालबाटै फरार भएका उनलाई  प्रहरीले  भारतबाट पक्राउ गरेको पर्साकी प्रहरी प्रमुख गंगा पन्तले जानकारी दिइन्।

उक्त घटनामा तिवारी पनि घाइते भएका थिए। तिवारीले मुकेश चौरसियामाथि भाटा प्रहार गरेको पीडितका परिवारले दिएको जाहेरीमा उल्लेख छ।​ चौरसिया हत्या अभियोगमा कात्तिक ७ गते पूर्व सभासद राजकुमार गुप्तासहित १२ जना नेता कार्यकर्ताविरुद्व सरकारी वकिलको कार्यालयमार्फत जाहेरी परेपछि अहिलेसम्म तीन जना पक्राउ परेका छन् भने अन्य फरार छन्।


नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया दिनुहोस !
NCC-Remit-Ad-nepalbahas
छुटाउनुभयो कि?
ताजा






तपाईको आजको राशिफल कस्तो छ ?
नेपालबहस संवाददाता