मोरङमा थप चारको मृत्यु, प्रदेशमा ४४९ निको
नेपालबहस संवाददाता
कात्तिक १७, २०७७ मंगलबार ५:२३:४९
१७ कार्तिक, मोरङ । मोरङ जिल्लाका विभिन्न अस्पताल र होम आइशोलेसनमा गरी आज थप चार जना कोरोना सङक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा दुई जना, न्यूरो कोभिड अस्पताल विराटनगरमा एक जना र एकजनाको मोरङको उर्लाबारीस्थित होम आइसोलेसनमा मृत्यु भएको हो ।
विराटनगर–६ वस्ने ८३ वर्षिय र मोरङको उर्लाबारी नगरपालिका–६ का ५४ वर्षीय पुरुषको सङक्रमणबाट आज मृत्यु भएको नोबेल अस्पतालका प्रवन्धक नारायण दाहालले जानकारी दिए । मृतकमध्ये ८३ वर्षीय पुरुष यही कार्तिक १४ संक्रमित भइ आएको र ५४ वर्षीष् पुरुषको सोही दिन पोजेटिभ देखिएको थियो ।
मृतकमध्ये उर्लाबारीकालाई निमोनिया भएको र विराटनगरकालाई पुरानो मिर्गौला रोग तथा रगतमा संक्रमण देखिएको थियो । यसैगरी संक्रमणका कारण विराटनगर–१२ का ५३ वर्षीय पुरुषको न्यूरो अस्पतालमा आज मृत्यु भएको छ ।
मृतकलाई यही कार्तिक ६ गते पोजेटिभ देखिएका कार्तिक १५ गते अस्पतालमा उपचारका लागि भर्ना गरिएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । होम आइसोलेसनमा रहेका मृतकको स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि न्यूरोमा भर्ना गरिएको थियो ।
त्यस्तै मोरङको उर्लाबारी नगरपालिका–७ का ५८ वर्षीय सङ्क्रमित पुरुषको होम आइसोलेसनमा आज मृत्यु भएको छ । मृतकलाई यही कात्तिक ६ गते पोजेटिभ आएपछि होम आइसोलेसनमै रहेको अवस्थामा आज मृत्यु भएको वडा अध्यक्ष वीरवल थापाले बताए । मृतक पुरानो मिर्गौला रोगी थिए ।
प्रदेश १ मा ४४९ जना निको, २५९ थप संक्रमित
पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश १ मा २५९ जना कोरोना संक्रमित थपिएका छन् भने सो अवधिमा विभिन्न स्थानबाट ४४९ जना निको भएर घर फर्किएका छन् । संंक्रमितत मध्ये ९९ महिला र १६० पुरुष छन् ।
आज थपिएका संक्रमितमा सुनसरीमा ९२, मोरङमा ८० मध्ये विराटनगरमा ३७, झापामा ६१, उदयपुर, तेह्रथुम, संखुवासभा, इलाम र ओखलढुङ्गामा दुई दुई, धनकुटा, भोजपुर र ताप्लेजुङ एकएक र प्रदेश बाहिरका १३ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ७९१ पुगेको छ भने छ भने अहिलेसम्ममा ११ हजार ५४७ जना पूर्णरुपमा स्वस्थ भएर घर फर्किएका छन् । प्रदेश १ मा आज एक हजार २७२ जना सहित कुल एक लाख ६२ हजार ४१४ जनाको पीसीआर परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार