अब नलगाडका सबै वडामा स्वास्थ्य संस्था
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार १५:४३:०
१८ कार्तिक, जाजरकोट । नलगाड नगरपालिकाले सबै नागरिकको पहुँचमा स्वस्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सबै वडामा स्वास्थ्य संस्था निर्माण गरेको छ । नगरपालिकाको वडा नं २, ३, ७, ११, १२ र १३ मा पहिले नै स्वास्थ्य संस्था थिए । ती वडाहरूको भूगोल ठूलो भएकाले नयाँ एक थप गरी स्वास्थ्य संस्था थपिएको नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिए ।
वडा नं ४ र ५ मा नयाँ भवन निर्माण सम्पन्न भएको छ । त्यस्तै वडा नं १, ६, ८, ९, १० र १२ मा निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुर्गम मानिएको वडा नं १३ को गेउमा र सिउनामा गरी दुई ठाउँमा स्वास्थ्य संस्थाको विकास गरी सेवा उपलब्ध गराइएको छ । भवन पूर्णरूपमा निर्माण नभएको ठाउँमा अहिले भाडामा स्वास्थ्य सेवा दिइरहेको नगरपालिकाले जनाएको छ ।
वडास्तरीय आधारभूत स्वास्थ्य सेवा केन्द्रका भवन निर्माण जारीसँगै नगरपालिकाभित्रका करिब २५ हजार ५९७ जनसङ्ख्या स्वास्थ्य सेवाको पहुँचमा पुगेको पूर्वाधार विकास तथा वातावरण व्यवस्थापन शाखाका जनक खड्काले जानकारी दिए । नगरपालिकाले यसै आर्थिक वर्षदेखि दल्लीमा रहेको स्वास्थ्य संस्थालाई १५ शय्याको अस्पताल बनाउनका लागि काम शुरु गरेको नगरप्रवक्ता राममाया हमालले जानकारी दिए । अहिले आवश्यक उपकरण तथा सौर्य ऊर्जा ‘सोलार’ खरिदको काम गर्न लागिएको छ । आफैँले एमडी चिकित्सक भर्ना गरेर नगरभित्र राम्रो सेवा दिएको नगरपालिकाले अब सबै खालको सेवा घरआँगनमै दिनका लागि काम तीव्ररूपमा भइरहेको प्रवक्ता हमालले जानकारी दिए।
सबै बालबालिकालाई खोपको पहुँचमा पुर्याउन वडा नं १ को जुरेली, ५ को सिर्के, ६ को नेटिलेख, ७ को दानीपिपल, ८ को जिकुवा र ११ को रजिकमा खोप क्लिनिक निर्माण गरी सेवा सञ्चालन गरिएको छ । नगरपालिकाले एम्बुलेन्स खरिद भइसकेकाले सेवा प्रवाह गर्न लागेको बताएको छ । त्यसका लागि एम्बुलेन्स सेवा निर्देशिका, २०७७ बनाएर सेवा दिन लागिएको छ । दल्लीमा प्राथमिक स्वास्थ्य केन्द्र एक, एक्सरे भवन एकवटा नगरपालिकाले निर्माण गरेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतनहुँका तीन लाख ४१ हजार पशुमा पूर्ण खोप लगाइँदै
बैशाख ६, २०८१ बिहिबार
वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ए खुवाइने
बैशाख ५, २०८१ बुधबार
निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित
बैशाख ५, २०८१ बुधबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार