सप्तरीमा लागूऔषधसहित चार जना औषधि व्यवसायी पक्राउ !
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार १५:४६:४०
१८ कार्तिक, राजविराज । सप्तरी प्रहरीले चार दिनको अवधिमा विभिन्न ठाउँबाट लागुऔषधसहित औषधि व्यवसायीसमेत चार जनालाई पक्राउ गर्न सफल भएका छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पछिल्लोपटक जिल्लाको सुरुङ्गा नगरपालिका–४ मधुपट्टीका १९ वर्षीय नितेशकुमार चौधरीलाई लागुऔषधसहित पक्राउ गरिएको छ । कालो प्लाष्टिक झोलाभित्र लागुऔषध राखेर पैदलयात्रा गरिरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय कदरवनाका प्रहरी निरीक्षक वीरन्द्र पासवानले बताए। चौधरीको झोलाबाट ४५ थान नाइट्राभेट ट्याब्लेट, १० एम्पुल डिजिक्लाब, १० एम्पुल नूफिन, १० एम्पुल फेनार्गन बरामद गरिएको छ ।
त्यस्तै जाँचकै क्रममा बोदेबर्साइन नगरपालिका–३ कुशमहारका ३१ वर्षीय नितेशकुमार मण्डल र सोही ठाउँका ३२ वर्षीय सियाराम मण्डलको साथबाट समेत लागुऔषध बरामद प्रहरीले जनाएको छ । स ११ प ८२५ नंको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलको पछाडि सवार सियारामले बोकेको झोलाबाट ८९४ थान नाइट्राभेट ट्याब्लेट बरामद भएको थियो ।
यस्तै बोदेबर्साइन नगरपालिका–१० खड्कपुरका औषधि व्यवसायी ३७ वर्षीय रञ्जितकुमार यादव पनि पक्राउ परेका छन् । यादवले नै नयाँ चोकमा सञ्चालन गरेको कुखुरा फार्मबाट डाइलेक्स डिसी सिरप ३५ बोतल, नाइट्राभेट ट्याब्लेट ७०, नफिङ इन्जेक्सन दुई, डाइजेलप इन्जेक्सन सात वटा र स्पास्मो प्रोभोल ट्याब्लेट १४४ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
भारतको विहार राज्यसँग सिमाना जोडिएको सप्तरी जिल्लामा ७८ किलोमिटरको खुला सिमाना रहेको छ । सप्तरीबाट भारत प्रवेश गर्न दर्जनौँ नाका छन् । सोही कारणले ती नाकामा लागुऔषध ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित एक जना पक्राउ
चैत १३, २०८० मंगलबार
गैरकानुनी तवरले नेपालमा बसिरहेका पाँच बङ्गलादेशी नागरिक पक्राउ
चैत १३, २०८० मंगलबार
ढोलाहिटी हत्या आरोपमा पक्राउ परेकाविरुद्ध मुद्दा चलाइँदै
चैत १३, २०८० मंगलबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
दैविक प्रकोप उद्वारका सामग्री हस्तान्तरण
चैत १५, २०८० बिहिबार
हवाई टिकटको भ्याट र होटलमा लगाइएको विलासी कर हटाउः महासंघ
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार