विदेशबाट फर्किएर अदुवाखेतीमा रमाउँदै दिपक
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार १७:१६:२४
१८कार्तिक, स्याङजा । देशमा रोजगारी नभएको भन्दै धेरै युवा जनशक्ति रोजगारीको खोजीमा विदेशिएको बेला केही युवा भने वैदेशिक रोजगारीलाई छाडेर स्वदेशमै कृषि पेशामा आफ्नो भविष्य खोजिरहेका छन् ।
विदेशी भूमिमा जति पसिना बगाए पनि सीमित समयका लागि मात्रै भएको भन्दै रोजगारीका लागि विदेशिएका युवा पछिल्लो समय कृषिमा पेशातर्फ आकर्षित हुन थालेका छन् । गल्याङ नगरपालिका–९ साङलिया रिपका ३० वर्षीय दीपक राना विदेशको रोजगारीलाई छाडेर अहिले आफ्नै खेतबारीमा रमाउन थालेका छन् । दुबई र कतारमा गरी पाँच वर्ष बिताएका रानाले विदेशमा श्रम बढी गर्नुपर्ने तर श्रमअनुसारको पारिश्रमिक नपाएपछि नेपाल फर्किएर गत वर्षदेखि आफ्नै पाखो बारीमा अदुवाखेती शुरु गरेको बताए ।
रानाले भने, “विदेशमा गएर गर्ने मेहनत हामीले हाम्रै पाखापखेरामा गर्यौँ भने त्यहाँभन्दा धेरै कमाउन सकिन्छ । हामीले आफ्नै देशमा पसिना बगाउने बानी बसाउनु पर्छ, विदेश भन्ने कुरा क्षणिक समयको लागि मात्रै रहेछ ।”गत वर्ष छ रोपनी जमिनमा अदुवाखेती गरेका रानाले यस वर्ष ३० रोपनीमा अदुवा लगाएका छन् । अघिल्लो वर्ष छ रोपनी जमिनमा लगाएको अदुवाखेतीबाट रु दुई लाख आम्दानी भएको बताउँदै रानाले भने, “यो वर्ष बजारभाउ राम्रो पाएमा रु २० लाख बराबरको कारोवार गर्ने लक्ष्य राखेको छु ।”
तीस रोपनी बाँझो जमिनमा खनजोत गरेर लगाएको अदुवाले यस वर्ष राम्रो आम्दामी दिनेमा राना ढुक्क छन् ।गत वर्ष छ रोपनी जमिनमा मात्रै अदुवाखेती गरेका उनले पहिलो वर्षमा नै राम्रो उत्पादन भएपछि १८ रोपनी जग्गा भाडामा र आफ्नो १२ रोपनी गरी ३० रोपनी बाँझो जमिनमा अदुवाखेती गरेका हुन । गाउँघरमा बाँझो रहेको जमिनको सदुपयोग हुनुका साथै भिरालो जमिनमा समेत अदुवाखेती लगाएर सजिलै आम्दानी लिन सकिने र अन्य खेतीलाई बाँदरले खाए पनि यसलाई बाँदरले पनि नखाने भएकाले अदुवाखेतीमा लागेको रानाले बताए ।
नगरपालिकाले समेत व्यावसायिकरूपमा कृषि गर्नेलाई अनुदान उपलब्ध गराएपछि आफूलाई थप हौसला मिलेको रानाले बताए। अदुवासँगसँगै बाख्रापालनसमेत गरेका उनले रु ३०/४० हजार कमाउनका लागि विदेशिन नपर्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप१६ औं योजनालाई अन्तिम रुप दिने छलफलमा उच्च तहका सबैलाई निम्तो
बैशाख १२, २०८१ बुधबार
अध्यक्ष चयनमा समस्या आएपछि धितोपत्र बोर्डको जिम्मेवारी शाक्यलाई
बैशाख ४, २०८१ मंगलबार
यस्तो छ लगानी सम्मेलनको दुई दिने कार्यतालिका
बैशाख ३, २०८१ सोमबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
निजी क्षेत्रको मनोबल उकास्न सरकारले महत्वपूर्ण निर्णय गर्छ : अर्थमन्त्री पुन
बैशाख १३, २०८१ बिहिबार