अन्नपूर्णको ११ वटै वडामा आलुको बीउ बाँड्दै गाउँपालिका
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ मंगलबार २३:४७:१८
१८ कार्तिक, गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थानीयवासीलाई उत्पादनसँग जोड्ने लक्ष्यका साथ ११ वटै वडामा एकसाथ १८ हजार किलोग्राम आलुको बीउ वितरण शुरु गरेको छ । सर्वसाधारणलाई उत्पादनतर्फ जोड्दै उनीहरूलाई आत्मनिर्भर बनाउने सोचका साथ ४० प्रतिशत गाउँपालिकाको अनुदान सहयोग एवम् ६० प्रतिशत कृषकको सहभागितामा आलुको बीउ वितरण शुरु गरिएको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए।
बीउ वितरणका लागि काभ्रेबाट १८ हजार किलोग्राम एमएस ४२ जातको आलुको बीउ खरिद गरेको गाउँपालिकाले वडा नं १ देखि आलुको बीउ वितरण शुरु गरेको र सबै वडामा वितरण कार्य भइरहेको उनले बताए ।
गाउँपालिकाले अघिल्लो वर्ष १२ हजार किलोग्राम आलुको बीउ वितरण गरेकामा राम्रो उत्पादन भएसँगै स्थानीवासी आलु खेतीतर्फ आकर्षित बनेका छन् । “यस वर्ष गाउँपालिकामा ३० हजार किलोग्राम आलुको बीउ माग भएको तर त्यसअनुरुप पु¥याउन सकेनौँ”, अध्यक्ष कुँवरले भने, “गाउँपालिकामा कृषिप्रतिको आकर्षण दिनानुदिन बढ्दै गएको छ ।”
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
अन्न उत्पादन घटेपछि म्याग्दीका किसान फलफूलखेतीमा
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार