सप्तरीमा कोरोनाले थप ३ जनाको ज्यान गयो
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ बुधबार ०:४६:२
१८ कात्तिक, सप्तरी । सप्तरीमा तीन जना संक्रमितको ज्यान गएको छ । महदेवा गाउँपालिकाका एकजना, हनुमाननगर कंकालिनी नगरपालिकाका एकजना र अग्निसाइर कृष्णासावरण गाउँपालिकाका एकजना कोरोना संक्रमित गरी तीन जनाको मृत्यु भएको हो ।
हनुमाननगर कंकालिनी नगरपालिका २ का ५३ वर्षीय पुरुषको न्यूरो अस्पताल विराटनगरमा उपचारका क्रममा सोमबार राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ । अस्पतालका अनुसार मृतक पुरुष मधुमेह तथा उच्च रक्तचापका बिरामी समेत थिए ।
यस्तै महादेवा गाउँपालिका ६ ढिकुलीका एक युवकको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सोमबारै राति मृत्यु भएको छ । यस्तै अग्निसाइर कृष्णासावरण गाउँपालिका ५ का ६२ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । योसँगै सप्तरीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २८ पुगेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबढ्यो कोरोना संक्रमण, एक हप्तामा २८ जना संक्रमित
चैत २०, २०८० मंगलबार
बङ्गलादेशमा काेराेनाको जेएन-१ भेरियन्ट भेटिएको पुष्टि
माघ ५, २०८० शुक्रबार
गोरखमा पनि एक जनामा कोरोना पुष्टि
माघ २, २०८० मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
बैशाख १३, २०८१ बिहिबार
उपनिर्वाचनमा २ हजार ३८७ प्रहरी परिचालन, ५९ मतदान केन्द्र अतिसंवेदनशील
बैशाख १३, २०८१ बिहिबार
कांग्रेस नेता शेर्पासहित ३ जनालाई धरौटीमा छाड्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार
मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?
बैशाख १३, २०८१ बिहिबार
सुनिल पौडेललाई थुनामा राख्न विशेष अदालतको आदेश
बैशाख १३, २०८१ बिहिबार
टोपबहादुर रायमाझीलाई थुनामै राख्न सर्वाेच्चको आदेश
बैशाख १३, २०८१ बिहिबार