मंगलबार , मंसिर ९, २०७७

अब कोरोना बीमा दाबी गरेको ७ दिनभित्र रुपैयाँ पाइने !

अब कोरोना बीमा दाबी गरेको ७ दिनभित्र रुपैयाँ पाइने !

१८ कात्तिक, काठमाडौं । अब कोरोना बीमा दाबी गरेको ७ दिनभित्रै भुक्तानी पाइने भएको छ । बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरुलाई कोरोना बीमाको रुपैयाँ तत्काल भूक्तानी दिन निर्देशन दिएपछि तुरून्त भुक्तानी पाइने आशा बढेकाे छ।

कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बीमा दावी भुक्तानी नपाएको गुनासो बढेपछि समितिले यस्तो निर्देशन दिएको हो । मंगलबार दिउसो कोरोना बीमाका विषयमा अर्थमन्त्रालयमा छलफल भएको थियो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जतिसक्दो चाडो भुक्तानी हुने व्यवस्था मिलाउन बीमा समितिका अध्यक्षलाई आग्रह गरेका थिए ।

अर्थमन्त्रीको संयोजकत्वमा बसेको बैठकले कार्यको समन्वय र अनुगमन बीमा समितिले गरी दाबी भुक्तानीको दैनिक प्रतिवेदन अर्थ मन्त्रालयमा पठाउने निर्णय पनि गरेको छ ।

यस्तै कोरोना बीमाको दावी भुक्तानी कार्यमा सेवाग्राहीबाट आएका गुनासाहरुको सुनुवाई गरी समस्या समाधानका लागि सम्बन्धित बीमा कम्पनीहरुलाई निर्देशन दिन हटलाइन टेलिफोनसहितको हेल्प डेक्स सञ्चालन गर्ने व्यवस्था बीमा समितिले तत्काल मिलाउने निर्णय गरेको छ । धेरैले कोरोनाबापतको ५० हजारदेखि १ लाख रुपैयाँसम्मको बीमा गरेका छन् ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय