मंगलबार , मंसिर १६, २०७७

सिभिल लघुवित्तमा तीन जना संचालक नियुक्त

सिभिल लघुवित्तमा तीन जना संचालक नियुक्त

१८ कार्तिक, काठमाडौं । सिभिल लघुवित्त वित्तिय संस्था लिमिटेडमा रिक्त रहेको सञ्चालक पदमा तीन जना नियुक्त भएका छन् । आज बिहान ८ बजे बसेको १५९ औं बैंठकले संस्थापक शेयरधनी सिभिल बैंकको तर्फबाट लघुवित्तमा प्रतिनिधित्व गर्नेगरी सचिनजंङ्ग रायमाझी, सचिन नेवा र आँचल ढकाल नियुक्त भएका छन् । संचालकमा नियुक्त भएसँगै सचिन जङ्ग रायामाझी संचालक समितिको अध्यक्ष पदमा चयन भएका छन् ।

सिभिल बैंकको तर्फबाट मनोनयन भई आएका तीन जना सञ्चालकको नियुक्तीलाई कार्तिक १८ गतेदेखि लागू हुनेगरी अनुमोदन गरेको वरिष्ठ प्रबन्धक एवं कम्पनी सचिव देवकर कार्कीले जानकारी दिए ।

यसैबीच, सिभिल लघुवित्तको लिलामी सेयरको प्रारम्भिक कट अफ मुल्य पनि आज सार्वजनिक भएको छ । जस अनुसार संस्थापक सेयरतर्फ २५४ रुपैयाँ कट अफ कायम भएको छ । यस्तै, सर्वसाधारण समूहतर्फ भने प्रारम्भिक कट अफ मूल्य ६४५ रुपैयाँ निर्धारण भएको छ । तथ्यांकहरु भेरिफाई गर्ने क्रम जारी रहेकाले यसमा सामान्यः तलमाथि हुने सक्ने बिक्री प्रबन्धक सेन्चुरी क्यापिटलले जनाएको छ । सिभिलले असोज २५ गतेबाट कात्तिक २ गतेसम्म संस्थापक समूहको ११ हजार ६०८ र सर्वसाधारणतर्फको ७७ हजार ८४२ कित्ता सेयर लिलामी बिक्रीमा राखेको थियो ।

प्रतिक्रिया

पढ्न लाग्ने समय : 0 मिनेट

सम्बन्धित समाचार

नेपालबहस ट्रेन्डिङ

लोकप्रिय