नेता केसीको अत्येष्टि : कास्की कांग्रेसद्वारा दुःख व्यक्त
नेपालबहस संवाददाता
कात्तिक १८, २०७७ बुधबार ४:१:१२
१८ कार्तिक, गण्डकी । नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधिसभा सदस्य स्व सूर्यबहादुर केसीको आज अन्येष्टि गरिएको छ । लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट प्रभावित केसीको सोमबार राति निधन भएको थियो । उनको पोखरा शान्तिघाटमा हिन्दूसंस्कारअनुसार अत्येष्टि गरिएको हो । केसीका एक श्रीमती र तीन छोरा छन ।
पोखरा महानगरपालिका वडा नं ७ एयरपोर्टस्थित केसी निवासमा कांग्रेसका तर्फबाट अन्तिम श्रद्धाञ्जलि व्यक्त गरिएको थियो । कांग्रेसका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ रानाभाट, आमन्त्रित केन्द्रीय सदस्य कुमार खड्का, नेता शुक्रराज शर्मा, कास्की कांग्रेसका सभापति कृष्ण केसी, पूर्वमन्त्री यज्ञबहादुर थापालगायतले पार्टीको झण्डा ओढाएर उनीप्रति श्रद्धाञ्जलि व्यक्त गरे । स्व केसीप्रति श्रद्वाञ्जलि अर्पण गर्न कांग्रेससहित विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, आफन्त र शुभेच्छुक पुगेको कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
यसैबीच कांग्रेस कास्कीले शोक विज्ञप्ति प्रकाशन गरी पार्टीका नेता केसीको निधनप्रति दुःख व्यक्त गरेको छ । पार्टीलाई व्यवस्थित र सुदृढ गर्दै यसको विकास र विस्तार तथा कार्यकर्ताको मनोबल उकास्नमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका नेता केसीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको पार्टीका जिल्ला सभापति कृष्ण केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
सफल राजनीतिकर्मी, समाजसेवी र प्रतिष्ठित व्यवसायीको निधनले मर्माहत बनाएको जनाउँदै विज्ञप्तिमा शिक्षा, स्वास्थ्य र सञ्चार क्षेत्रमा केसीले पु¥याएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ । विज्ञप्तिमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार
जादाजादै कतारका अमिरले भने- आतिथ्यताका लागि नेपाल र नेपालीलाई धन्यवाद !
बैशाख १२, २०८१ बुधबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
अमिर शेखको भ्रमणलाई लिएर सुरक्षामा कडाई
नेपालबहस संवाददाता
बैशाख १०, २०८१ सोमबार
नेपाल र कतारबीच सरकारी ६ र निजी क्षेत्रका दुई सम्झौतामा हस्ताक्षर
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कम्युनिष्ट नेताको उत्तरी भ्रमण, नेपालमा बामपन्थी मिलाउने चीनको कसरत
बैशाख १२, २०८१ बुधबार
बागमती मन्त्रिपरिषद् बैठक : लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक नीति स्वीकृत
बैशाख १२, २०८१ बुधबार
स्याङ्जामा आगोले पाइप जलेपछि खानेपानीको समस्या
बैशाख १२, २०८१ बुधबार
खोटाङमा डढेलो निभाउने क्रममा जलेर वृद्धको मृत्यु
बैशाख १२, २०८१ बुधबार
महोत्तरीको मटिहानीमा आगोले बस्ती नै सखाप
बैशाख १२, २०८१ बुधबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
पूर्वसभामुख अग्नि सापकोटाविरुद्धको मुद्दामा 'हेर्दहेर्दै', अर्को सुनुवाई जेठ २३ मा हुने
बैशाख १२, २०८१ बुधबार