तीन महिनाको छोराको घाँटी थिची हत्या आरोपमा बुवा पक्राउ
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार १५:४६:२५
१९ कार्तिक, इनरुवा । छोराको हत्या गरेको अरोपमा ११ वर्षपछि बुवालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेर सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुनसरी भोक्राहा नरसिंह गाउँपालिका–१ का करिम मियाँ रहेको सुनसरीका प्रहरी उपरीक्षक कमल थापाले बताए । भोक्राहा नरसिंह गाउँपालिकामा विसं २०६६ मा तीन महिनाको छोराको घाँटी थिची हत्या गरेर मियाँ ११ वर्षदेखि फरार रहेका थिए ।
छोरा दिलसाह मियाँको हत्या अभियोगमा फरार रहेका ५१ वर्षीय बुनिया भन्ने करिम मियाँलाई प्रहरीले पक्राउ गरेर मंगलबार सार्वजनिक गरेको हो । माइतीघरमा बस्दै आएकी कान्छी श्रीमती अजिरन खातुनलाई लिन विसं २०६६ मङ्सिर २२ गते ससुरालीघरमा गएका मियाँले श्रीमतीसँग वादविवाद भएपछि छोराछोरीलाई लिई घर फर्कँदै गर्दा बाटोमा श्रीमतीलाई कुटपिट गरी बेहोस बनाएको र छोराछोरीलाई घाँटी थिची केराबारीमा फालिदिएपछि तीन महिनाको छोरा दिलसाहको मृत्यु भएको भन्दै उजुरी परेको थियो ।
मियाँकै कान्छी श्रीमती अजिरनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा घटनाबारे उजुरी दिए पनि मियाँ भागेपछि पक्राउ परेका थिएनन् । घटनापछि नेपालका विभिन्न ठाउँमा लुकीछिपी बस्दै आएका मियाँलाई प्रहरीले कार्तिक १७ गते इनरुवाबाट पक्राउ गरेको हो । पक्राउ परेका मियाँका विषयमा थप अनुसन्धान शुरु भएको सुनसरी प्रहरीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार