ओलीको संकटमोचनमा राष्ट्रपतिको अनावश्यक चासो
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार १९:१३:२८
१९ कार्तिक, काठमाडौं । प्रधानमन्त्री केपी ओली जब राजनीतिक रुपमा संकटमा पर्छन् अनि राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्वरो आउने गर्छ – नेकपाकै एक कन्द्रीय सदस्यको टिप्पणी हो यो । लामो समय पार्टीभित्र अल्पमतमा परेका ओलीको संकटमोचन गर्न सबैभन्दा हुटहुटी उनै राष्ट्रपतिलाई हुने गर्छ । त्यसैले उनी पदीय मान मर्यादाकै धोती लगाएर खुलेआम मैदानमा ओर्लन्छिन् – ती नेताको टिप्पणी छ ।
गणतन्त्रमा राष्ट्रपति भनेको सबैको साझा अभिभावक हो । तर दुर्भाग्य नेपालमा भने यो पद केवल एउटा पार्टीको त्योपनि गुटको लागि मात्रै काम लाग्ने भयो । राष्ट्रपतिले देशमा यत्रो समस्या हुँदा सरकारलाई सचेत गराउनुपर्ने हो । तर उनी त्यसो गर्दिनन् । बरु सरकारले गरेका सबै गलत कामको ढाकछोप गर्छिन् ।
पार्टीकै एउटा खेमाका लागि मात्रै उनी सहज बनेकी छन् । ओलीको मात्रै उनी राष्ट्रपति बनेको अवस्था छ । यसबारे पार्टी नेताहरुले उनलाई पटकपटक सचेत गराउँदासमेत सच्चिने देखिएन । त्यसैको अर्काे श्रृँखलाका रुपमा बामदेवसँगको भेट र चिन्ता देखिएको छ । जुन संविधान, मर्यादा र नैतिकताको बिल्कुलै खिलाफ छ ।
ओली फेरि अर्काे संकटमा धकेलिएका छन् । पार्टी निर्णय मान्दिन,बैठकपनि डाक्दिन, जे गर्छौ गर , बरु पार्टी नै फुटाउँछु भन्ने उनको बर्बराहट ओलीबाट आउन थालेको छ । गएको शनिबार अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बोलाएर ओलीले थर्काए । “मैले भनेको मान्ने भए मान नत्र आफ्नो बाटो लाग” भन्दै ओलीले प्रचण्डको सातो लिए । सो घटनापछि नेकपामा फेरि दुई ध्रुबीय धार देखापरेको छ । ओलीलाई काउन्टर दिन प्रचण्ड र अर्का नेता माधवकुमार नेपाल एकाकार भएका छन् ।
अब जे कुरा गर्ने हो सबै सचिवालय बैठकमा मात्रै हुनेछ भन्दै शनिबारको भेटमा प्रचण्डले भनेपछि ओली फेरि छटपटाएका छन् । बरु बैठकै नराख्ने तर परेको सामाना गर्ने उनको रणनीति छ । तर ओलीको दुखका साथीसमेत रहेकी राष्ट्रपति भण्डारीका लागि यो सैह्य भएन । त्यसैले उनले हिजै पार्टी उपाध्यक्ष बामदेव गौतमलाई बोलाएर मन्त्रणा गरिन् । पार्टी फुटबाट जोगाउन तपाईंको भूमिका सबैभन्दा प्रभावकारी हुन्छ– राष्ट्रपतिले भनिन् ।
यति भन्दा बामदेव फुरुङ्ग भएका छन् । उनले हिजै सबै मिडियामा यो समाचार भाइरल बनाए । नेकपाको संकटमोचन गर्ने पात्र त म पो रहेछु नि भन्ने भ्रम फेरि एकपटक बामदेवमा पैदा भएको छ । ओलीलाई जब जब संकट परेको छ, बामदेवकै साथ र सहयोगले पार लागेको छ । धेरैपटक ओलीलाई बैतरणी तार्ने काम बामदेवले गरेका छन् । गएको सचिवालय बैठकमा समेत उनले ओलीको संकट टार्न ६ बुँदे सूत्र तयार गरेका थिए । बामदेवको साथ पाउने वित्तिकै ओलीमाथि तेर्सिएको तरबार भुत्ते भएको थियो । किनभने सचिवालय बैठकमा बामदेव जता उभिन्छन् त्यतै बहुमत हुने अवस्था छ ।
यही यथार्थ बुझेका ओलीले बामदेवको साथ लिन अर्काे फण्डा तयार गरेका हुन् । यसपाली ओलीले बामदेवलाई सोझै कुनै आश्वासन दिएनन् बरु राष्ट्रपतिको सहारा लिएका छन् । फुर्के स्वभावका बामदेव राष्ट्रपतिले नै त्यति महत्व दिएपछि अब ओलीको गुड लिस्टमा पर्ने विश्वासमा दंगदास छन् । तर अब ओलीबाट उनले पाउने चाहिं के हो थाहा छैन । राष्ट्रियसभा सदस्य भइसके । मन्त्री बन्न ओलीकै डिजाइनमा अदालतले रोकेको छ । फेरि आफूले ताकेको अर्थ मन्त्रालय आफ्नै चेलो बनेको विष्णु पौडेलले हत्याइसकेको अवस्था छ । तैपनि बामदेव भने ओलीको छत्रछायाँ पाउने आशामा लम्पसार भएका छन् ।
ओलीलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउनसमेत बामदेवले गरेको योगदान महत्वपूर्ण छ । तर ओलीले भने बामदेवलाई कहिल्यै पत्याएनन् । उनले दिने भनेको उधारो आश्वासन मात्रै हो । गएको निर्वाचनमा ओलीकै इशारामा वामदेवले बर्दियामा पराजय बेहोर्नुपरेको थियो । त्यसबारे उनी राम्रो जानकार छन्, तर ओलीका अगाडि नतमस्तक । आखिर के जादू छ ओलीमा त्यस्तो बामदेव निकट नेताहरु नै ताज्जुब मान्छन् ।
राष्ट्रपति भण्डारीको फुक्र्याईपछि एकपटक फेरि बामदेवमा हनुमाने भूत चढेको छ । त्यसको परिणाम अब बस्ने सचिवालय बैठकमा पक्कै देखिने धेरैको अनुमान छ । शीर्ष नेताहरुले सबै छलफल सचिवालय बैठकमै गर्ने अडान लिएका कारण ओलीलाई लामो समय छल्न सजिलो छैन । त्यसैले सचिवालय बैठक राख्नुअघि बामदेवलाई फकाउनु जरुरी भइसकेको थियो । त्यसको तयारी हुन थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपज्योति विकास बैंकको वित्तीय अवस्था दिन प्रतिदिन बिग्रँदो क्रममा, व्यवसाय विस्तार ठप्प
बैशाख ११, २०८१ मंगलबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
बैशाख ११, २०८१ मंगलबार
इलाम उपनिर्वाचन, डरैडरमा उम्मेदवार
बैशाख ११, २०८१ मंगलबार
डढेलोले म्याग्दीमा सात सय हेक्टर वन सखाप
बैशाख १२, २०८१ बुधबार
गोरखा भूकम्पको ९ वर्ष : विभिन्न सचेतनामूलक कार्यक्रम गरिँदै
बैशाख १२, २०८१ बुधबार
एशियन च्याम्पियन्स लिगबाट बाहिरियो अल हिलाल
बैशाख १२, २०८१ बुधबार
स्वरोजगार प्रवर्द्धन गर्न युवालाई तालिम
बैशाख १२, २०८१ बुधबार
आइपिएलमा आज दिल्ली र गुजरातबीच खेल हुँदै
बैशाख १२, २०८१ बुधबार
चेन्नईमाथि लखनउको शानदार जित
बैशाख १२, २०८१ बुधबार