आजदेखि चित्लाङ–थानकोट सडक बन्द
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार १९:४०:१७
१९ कार्तिक, टिस्टुङ । मकवानपुरको पर्यटकीय थाहानगरबाट सङ्घीय राजधानी काठमाडौं जोड्ने सबैभन्दा छोटो दूरीको मार्ग गणेशमान सिंहमार्गअन्तर्गत चित्लाङ–थानकोट सडक आजदेखि बन्द भएको छ । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक निर्माण सरोकार समितिले सार्वजनिक सूचना जारी गरेर सो मार्ग अर्को सूचना नभएसम्मका लागि बन्द गरिएको जनाएको छ ।
गणेशमान सिंह मार्गअन्तर्गत चन्द्रागिरि–थानकोट सडक खण्डमा सडक फराकिलो पार्ने, बेस मिलाउने, रेडियस मिलाउने, कटिङ गर्नेजस्ता कार्य भइरहेको र सो क्रममा सेतो पहरा भन्ने ठाउँमा कटिङको कार्य भइरहेकाले सवारी आवागमन बन्द गर्नु परेको सरोकार समितिका सदस्य रामशरण नेपालले बताए ।
यसअघि सडक स्तरोन्नतिको काम भइरहँदा पनि सो सडकबाट सवारी आवागमन रोकिएको थिएन । सेतो पहरामा कटिङको कार्य हुँदा सवारी आवागमन रोक्नै पर्ने भएकोले राकिएको सरोकार समितिले स्पष्ट पारेको छ । पछिल्लोपटक स्थानीयवासीले स्वःस्फूर्तरुपमा सरोकार समिति बनाएर समितिकै निगरानीमा चन्द्रागिरि–थानकोट सडक खण्डमा स्तरोन्नति भइरहेको छ ।
विसं २०७१ मा सडक स्तरोन्नतिसम्बन्धी निर्माण कम्पनीसँग सम्झौता भएर पटक–पटक म्याद थप्दा पनि काम सम्पन्न हुन नसकेपछि स्थानीयवासीले ठेकेदारमार्फत् काम गराइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खा पहिरोले अवरुद्ध करिडोर सञ्चालनमा
फागुन २८, २०८० सोमबार
नेपालगञ्ज–गुलरिया सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न
फागुन १६, २०८० बुधबार
बेनी-जोमसोम-कोरला सडकको तिप्ल्याङ खण्डका घरटहरा भत्काउन ताकेता
फागुन १३, २०८० आइतबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
देशमा अर्को उथलपुथल हुनेवाला छः प्रधानमन्त्री प्रचण्ड
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार
कपनबाट पेस्तोलसहित एकजना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँकेमा बालविवाह न्यूनीकरण चुनौतीपूर्ण
चैत १६, २०८० शुक्रबार
जुगल हिमाल आरोहणको अन्तिम तयारीमा
चैत १६, २०८० शुक्रबार
ठेकेदारले कामको गुणस्तर र समयभन्दा बक्यौता भुक्तानीमा मात्र ध्यान दिएः प्रधानमन्त्री
चैत १६, २०८० शुक्रबार
एसएसपी अधिकारी सशस्त्रको डीआईजीमा सिफारिस
चैत १६, २०८० शुक्रबार
चैते झरीले बाटो हिलाम्य, ३० मिनेटको दूरीलाई चार घण्टा
चैत १६, २०८० शुक्रबार