यो वर्ष कोरोनाको जोखिसँगै अपराधमा कमी
नेपालबहस संवाददाता
कात्तिक १९, २०७७ बुधबार २१:४१:३७
१९ कार्तिक, चितवन । दशैँका वेला हुने आपराधिक घटनामा यो वर्ष कमी आएको छ । कोरोना भाइरस सङक्रमणको उच्च जोखिमका कारण बजारमा मानिसको चहलपहल घटेसँगै आपराधिक घटनामा समेत कमी आएको हो ।
जिल्लामा गत वर्षको दशैँमा विभिन्न अपराधमा ४९ वटा मुद्दा दर्ता भएकोमा यो वर्षको दशैमा ३९ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यवहादुर थापाका अनुसार गत वर्षको दशैंमा दर्ता भएको विभिन्न मुद्दामा ६१ जना पक्राउ परेका थिए भने यो वर्ष दर्ता भएका मुद्दामा ३३ जना पक्राउ परेका छन् ।
यही कात्तिक १ गतेदेखि १५ गतेसम्म दशैँको अवधिमा १२ जनाले आत्महत्या गरेका छन् । गत वर्ष दशैंको अवधिमा ९ जनाले आत्महत्या गरेका थिए । त्यसैगरी सो अवधिमा चार चोरी, चार जुवातास, एक लागुऔषध, दुई सवारीज्यान, चार सार्वजनिक हितविरुद्धको कसुर, सात फुटकर ज्यान, चार भवितव्य ज्यान र एउटा खोटा चलन ‘नक्कली मुद्रा’ का मुद्दा दर्ता भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।
उनका अनुसनर गत वर्ष सोही अवधिमा सबैभन्दा वढी सवर्जनिक हितविरुद्धको कसुरमा २० वटा मुद्दा दर्ता भएको थियो । त्यसैगरी फुटकर ज्यानमा तीन, सवारी ज्यानमा चार, लागुऔषधमा आठ, जुवामा तीन र कर्तव्य ज्यान, गौवध एबं ज्यान मार्ने उद्योगमा एक-एक वटा मुद्दा दर्ता भएका थिए ।
दशैँको समयमा कोरोना सङ्क्रमण जोखिमका कारण मानिसको चहलपहल कम भएको तथा सुरक्षा व्यवस्था सबल र प्रभावकारी बनाइएका कारण आपराधिक घटनामा कमी आएको उनको भनाइ छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
फरार रहेका जीवन चलाउनेविरुद्ध डिफ्युजन नोटिस जारी गर्न प्रहरीले गर्यो पत्राचार
बैशाख ६, २०८१ बिहिबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
बैशाख ५, २०८१ बुधबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
यज्ञप्रसाद भट्टराई
बैशाख ८, २०८१ शनिबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
सिंगापुरमा एभरेष्ट मसला माथी प्रतिबन्ध, किटनाशक औषधी हालिएको खुलासा
बैशाख ८, २०८१ शनिबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
राहदानीको फिचर्स परिवर्तन र एमआरपी खरिदमा मुख्यसचिवदेखि सुरक्षा सल्लाहकारसम्म तानिने
बैशाख ८, २०८१ शनिबार
सुधारिनेभन्दा झन् अराजक बाटोमा डौडिरहेको राजनीतिलाई कसले बाटोमा ल्याउने ?
बैशाख ८, २०८१ शनिबार
अब आन्तरिक कलह हट्नुपर्छ : नेतान्याहु
बैशाख ८, २०८१ शनिबार
सगरमाथा आरोहण उत्साहजनक : आरोहणबाट उठ्यो ५० करोडभन्दा बढी राजस्व
बैशाख ८, २०८१ शनिबार
आगो निभाउन गएको दमकल दुर्घटना, ६ जना घाइते
बैशाख ८, २०८१ शनिबार